February 25, 2017

‘नेता सबै विदेशी दलाल’ भन्दै पूर्वराजाका समर्थकले नाराबाजी गरेपछि

फागुन १४ वीरगन्ज – पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार वीरगन्ज आउँदा समर्थक र राजावादी संघसंगठनका कार्यकर्ताले राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरेका छन् । महाशिवरात्रिमा अलखिया मठलगायत मन्दिरमा पूजाआराधना गर्न दिउँसो वीरगन्ज आएका पूर्वराजाको स्वागतमा उनका समर्थक र हिन्दु राज्य पक्षधरले राजनीतिक दल र नेताविरुद्ध नाराबाजी गरेका हुन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

वीरगन्जस्थित घन्टाघरदेखि अलखिया मठसम्म सडकको दुवैतिर लाम लागेका राजाका समर्थकले ‘नेता चोर देश छोड’, ‘नेता सबै विदेशी दलाल हुन्’, ‘राजा ल्याऊँ देश बचाऊँ’, ‘राजा जनता एक हौं’, ‘राजा कसको जनताको’, ‘हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजारानी जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।

पूर्वराजाको स्वागत कांग्रेस, एमाले, मधेसी दलका जिल्लास्तरीय नेता र कार्यकर्ताले पुष्पगुच्छाले गरेका थिए । तीमध्ये केही नेताले पूर्वराजाको खुट्टामा ढोगेका थिए । नाराबाजी गरेका स्वागतकर्ता र समर्थकलाई पूर्वराजाले चोकचोकमा हात हल्लाउँदै अभिवादन पनि गरेका थिए ।बारास्थित सिमराबाट बा ४ च ३८०७ नम्बरको गाडीमा शुक्रबार दिउँसो करिब साढे चार बजे वीरगन्जस्थित अलखिया मठ आएका पूर्वराजाले करिब २० मिनेट पूजाआराधना गरेका थिए । त्यसपछि उनी माईस्थान चोकस्थित गहवामाई मन्दिर पुगेका थिए। गहवामाई मन्दिरमा पनि करिब १५ मिनेट पूजापाठ गरेपछि त्यहाँबाट उनी गाडी हाँकेर सिमरा फर्किएका थिए ।

स्थानीय प्रशासनले पूर्वराजाको भ्रमणका कारण वीरगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । सहरभर नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ थिए । पूर्वराजाको स्वागतमा सहभागी हुन बारा, रौतहट, मकवानपुर र सीमावर्ती भारतको रक्सौलबाट उनका समर्थक वीरगन्ज आएका थिए।पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा करिब पाँच हजार मानिस सहभागी भएको दाबी नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले गरे ।

पूर्वरानी कोमल शाहको जन्मोत्सव मनाउन ५ फागुनमा सिमरा आएका पूर्वराजा ज्ञानेन्द्र फागुन ७ गते चितवन गएका थिए । चितवनमा पूर्वरानी कोमलको जन्मोत्सव मनाएर दुवैजना १० फागुनमा फेरि सिमरा फर्किएका थिए ।

family planning

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका