खेलकुदको पुनःनिर्माणमा चीन

नेपाली खेलकुदमा चिनियाँ सरकारको प्रवेश भएको छ । जति पनि भौतिक पूर्वाधार छन् ती सबैजसो चीनले नै बनाउने सम्झौता भएको छ । सम्झौता अनुसार चीनले बनाएका कुनै पनि पूर्वाधार उसको सहमति बेगर तलमाथि गर्न पाइने छैन । चीनको यो सम्झौता भने ७० वर्षसम्मको रहेको बताइएको छ । अर्थात् चीनले ७० वर्षसम्म कुनै पनि पूर्वाधार बिग्रिए वा मर्मत गर्नुपर्ने भए आफै आएर बनाउने छ । काठमाडौंमा रहेको चिनियाँ राजदूतावासको सहमतिपछि मात्र थपघटबारे प्रक्रिया अगाडि बढ्ने छ ।

304909681chinese-flag

आसन्न १३ औं दक्षिण एसियाली खेलकुद सागलाई मध्यनजर गर्दै छिमेकी मित्र राष्ट्र चीनले नेपाली खेलकुदमा पुनःर्निर्माणको हात हालेको हो । सातदोबाटोमा रहेका मुख्य पूर्वाधार चीनले बनाउने छ । चीनले पौडी पोखरीमा पनि हात हालेको छ । भइरहेको पौडीपोखरीलाई पुनःनिर्माण गर्न खोज्दा पौडीको सिजनमा समेत असर पुग्ने हो कि भन्ने चिन्ता ब्यक्त गर्न थालिएको छ । त्यसैगरी अन्य संरचना पनि बनाइँदैछ ।

मुलुकको एकमात्र दशरथ रंगशाला लथालिङ्ग छ । त्यसको मर्मत र निर्माण पहाड फोर्नुभन्दा कठिन छ । ०७२ सालको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पले असर पु¥याएका संरचना पनि चीनले बनाउने छ । भूकम्पमा मुलुकका तीस सानाठूला पूर्वाधारमा क्षति पुगेको थियो । तर, चीनको भागमा तत्कालका लागि सातदोबाटो खेलकुद परिसर र त्रिपुरेश्वर रहेको छ ।

हुन त राष्ट्रिय खेलकुद परिषदले देशभरमा १४ वटा कभर्ड हल, ८ वटा रंगशाला र केही जिल्ला खेलकुद समितिका भवनसंगै केही एकेडेमीहरूमा क्षति पुगेको प्रतिवेदन भूकम्पपछि नै तयार पारेको थियो । तर, त्यसलाई मर्मत गर्नेतर्फ खेलकुद परिषद नलाग्दा समस्या भएको थियो । 

खेलकुद परिषदलाई संरचना पुनःर्निर्माण गर्ने कुनै हतारो देखिएको छैन । तर, आसन्न सागका लागि ढिलै भएपनि चीनले काम थालेको छ । चीनले जथाभावी संरचना बनाउने र भत्काउने खेलकुद परिषदको प्रवृत्ति भने रोक्ने भएको छ । यसो गर्दा भ्रष्टाचारसमेत रोकिने विश्वास गरिएको छ ।

यसले परिषदका सदस्यसचिव केशवकुमार विष्टलाई भने कुनै समस्या नहुने भएको छ । उनी चिनियाँ यस कदमप्रति खुसी भएको बताइएको छ । आफ्नो कार्यकालमा दिगो तरिकाले निर्माण गर्ने कम्पनी छिरेपछि उनी खुसी देखिएका हुन् ।

परिषद उच्च स्रोत भन्छ –सानातिना काम गरेर ठूलो रकम हसुर्ने बानी परेकाहरूलाई यसले भने रोक लगाउने भएको छ । चिनियाँ कम्पनीले आफूले निर्माण गरेको काममा केही तलमाथि गर्नुपर्ने भए आफूहरूलाई पूर्ण जानकारी दिएर आफूहरूकै टोली आएरमात्र थपघट गर्ने सर्त राखेको छ ।

हुन त चीनले अत्यावश्यकीय कामका लागि यहींकै प्राविधिकलाई सिकाउने गरेको छ । दशरथ रंगशालाको फ्लड लाइटका लागि पनि चीनले यहींकै इन्जिनियरलाई सिकाएको थियो । तत्काल आइपर्ने समस्याबारे यहींका सीमित प्राविधिकलाई सिकाएर जाने उनीहरूको नीति छ । 

फ्लड लाइटका ट्रान्समिटरहरू चोरी भइसकेकाले फ्लड लाइट पनि बनाउनु पर्ने भएको छ । यसले थुप्रै खर्च हुने अनुमान गरिएको छ । चिनियाँ यस कामप्रति विश्वस्त भने हुन सकिने परिषद स्रोत जनाउँछ । परिषदका अधिकांश कामहरू अब सातदोबाटोबाटै हुने भएका छन् ।

यसका लागि कार्यालयका सामग्री सार्ने काम भइरहेको छ । यसले गर्दा अब दशरथ रंगशालाको बाँकी संरचना पनि भत्काएर बनाउनु पर्ने देखिएको छ । त्रिपुरेश्वरमा रहेको कार्यालय सातदोबाटोमा सर्दा भने पायक नपर्ने भएकाले धेरैले समस्या बेहोर्नु पर्ने चर्चा खेलाडीहरूबीच सुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका