February 20, 2017

एकै चरणमा सक्नेगरी वैशाखमै चुनाव, आज मिति घोषणा हुने

काठमाडौं, फागुन ९ – चुनाव हुने या नहुने अन्योलकाबिच सरकारले सोमबार मिति घोषणा गर्दैछ । असन्तुष्ट मधेसी मोर्चाको माग पूरा गर्ने आश्वासनसहित सरकारले वैशाख अन्तिममा चुनाव गर्नेगरी मिति घोषणा गर्न लागेको हो ।

निर्वाचन आयोगले जेठ १ र २१ गते दुई चरणको चुनाव गर्नेगरी मिति घोषणा गर्न प्रस्ताव गरे पनि सरकारले वैशाख अन्तिममा देशभर एकै चरणमा चुनाव गर्नेगरी मिति घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले वैशाख अन्तिममा नै चुनाव गर्ने सरकारले तयारी गरेको हो । यस विषयमा प्रधानमन्त्रीले आइतबार बेलुका निर्वाचन आयोगका पदाधिकारी र असन्तुष्ट मधेसी मोर्चासँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिँदै चुनावको लागि आवश्यक तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको थियो ।

चुनावका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोगका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले वैशाख मसान्तभित्रै चुनाव गर्नेगरी सबै तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा आयोगका पदाधिकारीले आयोग सरकारले तोकेकै मितिमा चुनाव गराउन सक्षम रहेको जानकारी दिँदै निर्वाचनमा सम्पूर्णरुपले सहयोग गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

मधेसी मोर्चासँगको छलफलमा प्रधानमन्त्रीले चुनावको मिति घोषणासँगै संविधान संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिनुभएको छ । यस्तै स्थानीय तहको संख्या बढाउने र सीमांकन हेरफेरका लागि आयोग गठन गर्ने वाचा पनि गर्नुभएको छ ।

मधेसमा जनसङ्ख्याको घनत्वलाई मध्यनजर गर्दै स्थानीय तहको सङ्ख्या बढाउन सरकार लागिरहेको जानकारी दिँदै उहाँले फागुन १० गतेदेखि सञ्चालन हुने संसद्बाट संविधान संशोधन विधेयक अघि बढाएर निष्कर्षमा लैजाने बताउँदै राजनीतिक गतिरोधका लागि स्थानीय तहको चुनावमा आउन मोर्चाका नेतालाई आग्रह गर्नुभएको थियो ।

मोर्चाका नेताहरूले मोर्चाको मुख्य चासो सीमाङ्कनको हेरफेरसहित संविधान संशोधन भएको बताउँदै संशोधन प्रस्ताव टुङ्गोमा पुगेपछि मात्रै चुनावको मिति घोषणा गर्न प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए ।

तर अहिले मिति घोषणा गर्नुको विकल्प नभएको भन्दै प्रधानमन्त्रीले मोर्चाको माग क्रमशः पूरा गर्दै जाने आश्वासन दिनुभएको छ । मधेसमा स्थानीय तहको संख्या थप्ने प्रधानमन्त्रीको आश्वासनपछि मोर्चाका नेताहरु पनि सकारात्मक भएको बुझिएको छ । तर मोर्चाका नेताहरुले पनि कुनै प्रतिक्रिया दिएका छैनन् ।

सोमबार चुनावको मिति घोषणा गर्नुअघि सरकारले मोर्चाको माग पूरा गर्ने औपचारिक निर्णय गर्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । यस्तै सोमबार नै मन्त्रिपरिषदको बैठक बसेर स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन स्वीकार गर्दै परिमार्जनको लागि टोली बनाउने तयारी छ । त्यसपछि बेलुकी मिति घोषणा हुनेछ ।

– तस्बिर : रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

पूर्वमन्त्री मोहन बस्नेत विरुद्ध तीन अर्ब २१ करोडको  भ्रष्टाचार मुद्दा दर्ता

  जेठ १,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव