सिन्धुली-बर्दिबास सडक भत्किएर सुनकोशीमा खस्यो, तत्काल मर्मत असम्भव

pic1९ फागुन, सिन्धुली। राजधानीबाट पूर्वी तराई जोड्ने बीपी राजमार्ग अन्तर्गतको सिन्धुली-बर्दिबास सडक आइतबार रातिदेखि  अवरुद्ध भएको छ ।  करिब ३० मिटर सडक भत्किएर सुनकोशी नदीमा खसेपछि यो बाटो बन्द भएको हो । भीरको बाटो भत्किएकाले तत्कालै सडक खोल्न नसकिने स्थानीय प्रहरीले जानकारी दिएको छ ।

 

इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी नायव निरीक्षक रामेश्वर राउतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सिन्धुलीको शीतलपाटी गाविस वडा नं ९ को त्रिवेणी भन्ने ठाउँमा सडक भत्किएको हो । आइतबार राति ११ बजेतिर पीच सडक भत्किएर सुनकोशी नदीमा झरेको थियो । त्यहाँ गाडी गुडिरहेको अवस्था नभएका कारण कुनै मानवीय क्षती हुन नपाएको सई राउतले बताए ।

तत्कालै सडक नखुल्ने, खुर्कोटबाट वैकल्पिक बाटो प्रयोग गर्न सकिने

सडक भत्किएपछि दुबैतर्फको आवागमन रोकिएको छ’ राउतले भने, ‘यो सडकभन्दा माथि एउटा कच्ची बाटो त छ, तर, तत्कालै त्यसको मर्मत सम्भव छैन, एक दुई दिनमा वैकल्पिक बाटो खुल्न सक्छ, भत्किएकै ठाउँमा तत्कालै मर्मत सम्भव देखिँदैन ।’

यसैवीच जिल्ला प्रहरी कार्यालय सिन्धुलीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अनलाइनखबरसँग कुरा गर्दै जिप्रका स्रोतले भन्यो- ‘बर्दिबासतर्फबाट आएका गाडीहरु खुर्कोट छेउबाट रामेछापको मन्थली निस्केर दोलखा हुँदै बाठमाडौं पुग्न सक्छन् । त्यसै गरी काठमाडौंबाट सिन्धुलीतर्फ हिँडिसकेका सवारी साधन पनि दोलखाबाट मन्थली हुँदै खुर्कोट नजिकबाट पास हुन सक्छन् ।’

जिल्ला प्रहरी कार्यालय भन्छ- हामीले बारम्बार लाइट गाडीहरुमात्रै चलाउन आग्रह गर्‍यौं । तर,  ठूला सवारी साधन चल्ने गरेकाले सडकले थामेन

काठमाडौं र तराई जोड्ने छोटो बाटोका रुपमा यो सडकको प्रयोग हुँदै आएको छ । जापान सरकारको सहयोगमा केही वर्षअघि मात्रै उक्त सडक निर्माण सम्पन्न भएको होे ।

बाटो निर्माणका बेला दुई लेनको बन्न नदिने भारतले दबाव दिएको र साँघुरो बाटो बनेको बताइँदै आएको छ ।

सरकारले यो बाटोमा ठूला गाडीहरु नचलाउन र लाइट गाडीमात्रै सञ्चालन गर्न आग्रह गर्दै आएको थियो । जिल्ला प्रहरी कार्यालय स्रोत भन्छ- ‘हामीले बारम्बार लाइट गाडीहरुमात्रै चलाउन आग्रह गर्‍यौं । तर, दशैंका बेलामा ठूला बसहरु चले । अरु बेलामा पनि ठूला सवारी साधन चल्ने गरेकाले सडकले थामेन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग