धनगढी, माघ २९ । कैलालीको अत्तरियामा आगामी वैशाख १४ गतेदेखि देशकै सर्वा्धिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
अत्तरिया युनाइटेड स्पोर्टर्स क्लबको आयोजनामा महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । क्लबले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगितामा झन्डै रु चार लाखभन्दा बढी नगद पुरस्कार प्रदान गरिने जनाएको छ ।
पुरुष क्रिकेटले आशातीत सफलता हासिल गर्दै गएको अवस्थामा महिला क्रिकेटको स्तर समेत बढाउनका लागि देशमै सर्वा्धिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रवि खनालले बताए ।
प्रतियोगिताका विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार पाउने छन् । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु २५ हजार तथा उत्कृष्ट ब्याट्स ओमन, उत्कृष्ट बलर र उत्कृष्ट किपरलाई जनही रु १०–१० हजार र प्रत्येक खेलका ‘ओमन अफ द म्याच’लाई रु तीन हजार पुरस्कार दिइनेछ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
२९ वैशाख २०८२ । विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध
बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन