भारतबाट विषेश दूत फर्किएपछि मात्रै कांग्रेसले मन्त्रीको टुंगो लगाउने

३ भदौ, काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि फर्किएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।sherbahadur-deuba

सरकारमा कांग्रेसको नेतृत्व गरेका निधि प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा बिहीबार भारत गएका छन् । उनी सोमबार साँझ मात्र र्फकने कार्यक्रम छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट एक नेताका अनुसार अहिलेसम्म मन्त्रीहरुको सूची बनिसकेको छैन ।

देउवाले रामचन्द्र पौडेलसँग वार्ता गर्ने जिम्मा निधिलाई नै दिएका थिए । र, उनले भारत जानुअघि पौडेलसँग भेटेर कुराकानी पनि गरेका थिए । तर, सहमति हुन सकेन ।

पौडेल समूहले पार्टीले पाउने मन्त्रालयमध्ये ४० प्रतिशत आफ्नो समूहले पाउनुपर्ने माग गर्दै आएको छ । तर, देउवा भने ४ भन्दा बढी मन्त्रालय नदिने पक्षमा छैन ।

देउवा समूहमै पनि मन्त्रीको आशंका धेरै छन्, जसका कारण उनले नाम टुंगो लगाउन सकेको छैनन् ।
कांग्रेसका एक नेताले भने, łपार्टी सभापतिले नेताहरुसँग छलफल गर्नु हुन्छ र गृहमन्त्री निधि भारतबाट फर्किएपछि थप छलफल गरेर मन्त्रीहरुको टुंगो लगाउनुहुन्छ ।’

उनका अनुसार आगामी मंगलबार मात्र मन्त्रिपरिषद् विस्तारको सम्भावना छ । यसअघि कांग्रेसले नेपाल विद्यार्थी संघको अधिवेशनलाई देखाउँदै आएको थियो ।

१२ दिन लगाएर नेविसंघको अधिवेशन बिहीबार सकिएको छ तर, मन्त्री छनौट अझै सहज छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

पूर्वमन्त्री मोहन बस्नेत विरुद्ध तीन अर्ब २१ करोडको  भ्रष्टाचार मुद्दा दर्ता

  जेठ १,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं