उत्तर कोरियाले परमाणु हतियार प्रयोग गरे परिणाम नराम्रो हुने अमेरिकी चेतावनी

काठमाडौं, माघ २१ । उत्तर कोरियाले कुनैपनि प्रकारको परमाणु हतियार प्रयोग गरेमा त्यसको परिणाम नराम्रो हुने चेतावनी अमेरिकाले दिएको छ ।1486112407pic-pic-pic-final-final

दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी *रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाले हालसम्म गर्दै आएको परमाणु परीक्षण अवैध रहेको भन्दै तत्काल रोक्न उत्तर कोरियालाई सुझाव पनि दिए ।

उनले ‘अमेरिका वा अमेरिकी साथीलाई गरिने कुनैपनि प्रकारको आक्रमण सैह्य नहुने र घुँडा टेकाइने’ भन्दै उत्तर कोरियाले त्यस्तो सपना देखेको भए पूर्णरुपमा कारबाही भोग्न तयार हुनुपर्ने पनि चेतावनी दिए ।

दक्षिण कोरियासँगको सम्बन्ध निरन्तर रहने भन्दै उनले अमेरिकी सहयोग पनि जारी रहने वाचा गरे ।

दक्षिण कोरियामा अमेरिकी मिसाइल रक्षा प्रणाली जडान गरिने पनि उनले बताए ।

दक्षिण कोरिया र जापानमा दोस्रो विश्वयुद्धपछि हालसम्म पनि अमेरिकी सेना निरन्तर खटाइएका छन् ।

२८ हजार पाँच सय अमेरिकी सैन्यका लागि कोरियाले ९ सय मिलियन डलर वर्षेनि खर्च गरिरहेको छ ।

वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ती देशमा आफ्ना सैनिक निरन्तर रहने हुन् भने दुबै देशले बढी पैसा भुक्तान गर्नुपर्ने चुनावी प्रचारकाक्रममा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान