१४ असार, झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७ का ३ सय १३ मतदाताले डुंगा चढेर मतदान गरेका छन् ।
एउटै वडा कनकाई नदी वारि र पारी परेपछि उनीहरुले डुंगा चढेर जोखिमपूर्ण रुपमा मतदान गर्नु परेको हो ।
गएरातिदेखि विहानसम्म परेको पानीले नदीमा बाढी आउँदा उनीहरु चन्द्रडाँगीस्थित मतदान केन्द्र आउन डुंगा चढेर नदी तर्नु परेको थियो ।
लालपानीबाट चन्द्रडाँगीको शुक्र माविमा मतदान गरेर फर्किँदा नदी तटमा भेटिएका सहलाल राजवंशीले आफूसहित १ सय ८२ जना ढुंगा चढेर मतदान गर्न आएको बताए ।
उनका अनुसार चन्द्रडाँगीबाट लालपानीमा रहेको केन्द्रमा मतदान गर्न जानेको संख्या १ सय ३० छ ।
‘अरुवेला नदीमा बाढी आएको वेला ढुंगा चढेर आवतजावत गर्ने गरेका थियौं’, उनले अनलाइनखबरसँग भने, ‘आज रातिदेखि विहानसम्म पानी परेपछि नदीमा पानी बढेर तर्न नसकिने भएपछि हामी ढुंगा चढेका हौं ।’
उनका अनुसार स्थानीय राजनीतिक दलका नेताहरुले १० हजार रुपैयाँमा ढुंगा ठेक्कामा लिएर मतदाताहरुलाई मतदान स्थलसम्म पुर्याइरहेका छन् ।
सामान्य अवस्थामा यहाँबाट ढुंगामार्फत नदी तरेको ५० रुपैयाँ लिइने गरिएको छ ।
डुंगामा एक पटकमा ३० जनासम्म ओसारपसार गरिएको स्थानीयले बताए ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका