गिरानचौरबासी भन्छन्- धुर्मुस सुन्तलीभन्दा कम छैनौं

giranchur-news-basti-3
२१ माघ, काठमाडौं । हास्यजोडी धुर्मुस-सुन्तलीले सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत बस्ती बनाएर ६५ परिवारलाई सुविधाजनक आवासको प्रवन्ध गरिदिए । त्यही नजिकै रहेको अर्को टोलका भूकम्पपिडितहरु भने जिर्ण घरटहरामा दिन काटिरहेका छन् ।

अब उनीहरुमा सुविधाजनक एकीकृत बस्तीमा बस्ने लालसा छ । तर, धुर्मुस-सुन्तली सबैतिर छाउन सक्दैनन् । त्यसैले उनीहरु आफैं साहस गरेर एकीकृत वस्ती निर्माणको प्रयासमा जुटेका छन् ।Giranchaur-768x460

एकीकृत बस्ती बनाउन जुट्दै गर्दा धुर्मुस सुन्तलीसँग मिडिया थिए, सेलिब्रेटी थिए, फ्यान थिए, पहुँच थियो ।

तर, आफैं एकीकृत बस्ती बनाउन जुटेका स्थानीयसँग जोश-जाँगर छ । तर जोश जाँगरले मात्रै बस्ती बन्दैन, यथेष्ट पैसा चाहिन्छ ।
बस्ती निर्माण गर्न झण्डै १६ करोड रुपैयाँ लाग्ने अनुमान छ । तर, ४० परिवार सरकारी अनुदानबाहेक एक रुपैयाँ पनि खर्च गर्नसक्ने स्थितिमा छैनन् । ७० परिवार सरकारले दिएको ३ लाख अनुदानमा केही रकम थप्न सक्छन् भने ३० परिवार थप ३ लाखसम्म खर्च गर्न तयार छन् ।

तर यो रकम पर्याप्त छैन । उनीहरुले सरकारसँग सहुलियत ऋण मागेका छन् । तर, त्यो पाउने ग्यारेन्टी छैन ।

त्यसैले १ सय ५० घरको एकीकृत बस्ती बनाउन जुटेका उनीहरु सहयोगी हातको खोजीमा छन् ।

सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजनाका अध्यक्ष राजकुमार भट्टराईले कामको थालनी ३० वटा घरबाट गर्न लागिएको बताए । उनी भन्छन्-‘हामी बस्तीका केही घर बनाएर बस्न सक्छौं । तर, हामी घर नै बनाउनै नसक्नेहरुलाई पनि एकीकृत बस्तीमै ल्याउन चाहिरहेका छौं । त्यसका लागि आर्थिक स्रोत कसरी जुटाउने भन्नेमा हामी अझै छलफलमै छौं ।’

 

प्रतिघर एक लाख रुपैयाँ उठाएर आर्थिक संकलन सुरु गरिएको छ । एउटा घरका लागि झण्डै ११ लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ । बस्तीलाई धुर्मुस सुन्तलीको जस्तै बाल तथा अपांगमैत्री बनाउने लक्ष्य छ । साथै बस्तीभित्रै स्वास्थ्य चौकीसहित मन्दिर निर्माण गर्ने योजना पनिे छ ।

धुर्मुस-सुन्तलीको जस्तै देश-विदेशबाट सहयोग जुटाउन सके बस्तीलाई नमूना रुपमा खडा गर्ने भट्टराईको भनाइ छ । बस्तीका लागि आउने सबै सहयोगलाई सार्वजनिक गरेर मात्रै काम गर्ने योजना छ । ‘यो अवसर पनि हो र जोखिम पनि हो । सफलता पाइन्छ भनेर नै हामीले आँट गरेका हौं । हामी पनि धुर्मुस-सुन्तलीभन्दा कम छैनौं भनेर देखाउन चाहन्छौं’ भट्टराई भन्छन् ।

गिरानचौरलाई भूकम्पपछि उठेको एकीकृत बस्तीको नमूनाका रुपमा विकास गर्ने र यहाँ हामेस्टेमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना स्थानीयको छ ।Giranchaur-12-768x384

योजना पुरानो, काम नयाँ

त्यसो त एकीकृत बस्तीको सोच धुर्मुस-सुन्तलीको बस्ति निर्माण हुनुभन्दा पहिले नै बनाइएको स्थानीय वासिन्दा बताउँछन् ।

२०७२ बैशाख १२ को भूकम्पपछि अन्य स्थानमा जस्तै सिंगो गिरानचौर पालमुनी आएको थियो । त्यतिबेलै एक ठाउँमा मिलेर बस्दा कति सहज हुने ठानेर एकीकृत वस्तीको परिकल्पना गरिएको थियो ।

जेठ २० भएको स्थानीयको भेलाले गिरानचौरमा एकीकृत बस्ती विकास गर्ने निर्णय गरेको थियो र निर्णयको प्रतिलिपी बुझाउँदै सहयोगका लागि मेलम्ची नगरपालिकालाई अपील गरेका थियो ।
काभ्रेमा २० वटा घरको एकीकृत बस्ती निर्माण सकेर सिन्धुपाल्चोक गएका धुर्मुस-सुन्तलीलाई नगरपालिकाले गिरानचौरमा पुर्‍याएको थियो । ‘उहाँहरु सुरुवातमा ३० वटा घर बनाउने भन्दै आउनुभएको थियो । तर, माथिल्लो बस्तीमा ६५ वटा मात्रै घर निर्माण गर्दा हुने भएकाले हामीले नै उहाँहरुलाई त्यहीँ बस्ती बनाउन आग्रह गरेका थियौं’ अध्यक्ष भट्टराई भन्छन् ।

giranchur-news-basti-8

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ