June 10, 2017

माओवादी कदम र कांग्रेसको मौनताप्रति एमालेको यस्तो आपत्ति

जेठ २७, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय निर्वाचनपछि मात्रै संविधान संशोधन हुने बताएका छन् ।  आजको कान्तिपुरमा खबर छ ।

नवनिर्वाचित प्रधानमन्त्रीलाई संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूले शुक्रबार संसदको बैठकमा दिएको बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्री देउवाले संविधान संशोधनमा आशंका नगरी दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुन राजपालगायत मधेसकेन्द्रित दलहरूलाई आग्रह गरे ।

‘अहिलेलाई संविधान संशोधन पास हुने अवस्था रहेन, फेल गराउनु उचित भएन,’ देउवाले भने, ‘पहिले चुनाव सफल पारौं, त्यसपछि संशोधन गरौं । म विश्वास दिलाउन चाहन्छु, (चुनावपछि) पास गराएरै छाड्छौं ।’

पूर्वसहमति कार्यान्वयनमा सत्तारूढ गठबन्धन इमानदार नभएको आरोप लगाउँदै राजपाका सर्वेन्द्रनाथ शुक्ल, महेन्द्र यादवलगायत नेताले संसदमा विचाराधीन संशोधन विधेयक तत्काल पारित गर्न माग गरे ।

मधेस आन्दोलनमा मारिएकाहरूलाई सहिद घोषणा, मृतकका परिवारलाई राहत, घाइतेको उपचारलगायत माग पूरा नभएकाले पनि निर्वाचनको वातावरण बन्न नसकेको राजपा नेताहरूले प्रधानमन्त्रीसँग गुनासो गरे ।

प्रमुख प्रतिपक्षी एमालेले भने संविधान सर्वस्वीकार्यताका नाममा प्रतिपक्षीलाई ‘निरन्तर कुना पार्ने’ काम नगर्न नयाँ सरकारको ध्यानाकर्षण गराएको छ ।

देउवालाई विगतका कमजोरी नदोहोर्‍याउन सुझाव दिँदै नेम्वाङले भरतपुरमा मतपत्र च्यात्ने माओवादी कदम र तराईमा एमालेको कार्यक्रम निषेध गर्ने प्रवृत्ति (राजविराज घटना) विरुद्ध कांग्रेसको मौनताप्रति आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका