१७ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरुले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल बेच्न नसकेको गुनासो गरेका छन् । पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले माओवादी सरकारले गरेका कामहरुको प्रचार गर्न र जस लिन नसकिएको बताए ।
सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रचण्डले भने, ‘माओवादी नेतृत्वको सरकारले दुरगामी महत्व राख्ने र इतिहासमा मानक सिद्ध हुने काम गरेको छ । यही अवधिमा लोडसेडिङको अन्त्य भयो, उज्यालो युगको सुरुवात भयो, वर्षाैदेखि रोकिएको १४०० किमीको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दैछ, हाम्रै पालामा महाकालीमा पुल बन्दैछ, तर यति ठूला र इतिहासमै मानक बन्ने काम गरेर पनि हामीले जस लिन सकेका छैनौं ।’
त्यस्तै उनले थपे, ‘१४ वटा ठूला सडकहरु हाम्रै पालामा बन्दैछन्, फास्ट ट्रयाक शिलान्यास गरेर काम अघि बढी नै सक्यो, बुढीगण्डकी जलासययुक्त आयोजना सुरु हुँदैछ । आर्थिक बृद्धिदर ७.५% पुगेको छ, मूल्य वृद्धि नियन्त्रण भएको छ । इतिहासमै पहिलोपटक संघीयताको प्रयोगमार्फत् सिंहदरबारको अधिकार गाउँ नगरमा पुगेको छ । २० वर्षदेखि रोकिएको स्थानीय निर्वाचन सम्पन्न गरिएको छ । तर, पनि हामीले जस लिन सकेका छैनौं ।’
‘अरुले गफै गरेर चर्चा बटुले, हामीले कामको जस लिन जानेनौं । तपाई सांसदहरु गाउँ–गाउँ पुगेर माओवादी नेतृत्वको सरकारले गरेका कामको प्रचार गर्नुस्, जनतालाई बुझाउनुस् । अरुले पिठो बेचे, हामी चामल त बेचौं ।’
निर्वाचनलाई सामान्य अर्थमा नलिन प्रचण्डले आग्रह गरे । उनले भने, ‘निर्वाचन सामान्य प्राविधिक विषय होइन, यसको ठूलो राजनीतिक महत्व छ । यसभित्र राष्ट्रिय एकता एवं स्वाभिमानको रक्षा गर्ने र हिमाल, पहाड र तराई–मधेशको एकता सुदृढ गर्ने आकांक्षा लुकेको छ । हामी एकै चरणमा निर्वाचन चाहन्थ्यौं । तर, त्यसो गरेको भए निर्वाचन नै नहुने खतरा थियो । सिंगो देशलाई नै निर्वाचनमा लैजाने कुराको ठूलो महत्व छ ।’
मुस्लिम समुदायको रमजानलाई ख्याल गरेर असार १४ गते चुनाव सार्ने निर्णय गरेपछि अब राजपा पनि चुनावमा आउने प्रचण्डको भनाई थियो । एमालेको पनि आलोचनात्मक समर्थन रहेकोले अव असार १४ को निर्वाचन फेरि नसर्ने भन्दै प्रचण्डले भने, ‘चुनाव हुन्छ, मौसमविदहरुसँग पनि राय लिएका कारण मौसमले निर्वाचन प्रभावित हुँदैन भन्ने विश्वास छ ।’
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका