काठमाडौं, १७ माघ । निरन्तर मधेस केन्द्रीत दलसँग आक्रामक बन्दै आएका प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चा देश बिगार्ने बाटोतर्फ लागेको आरोप लगाएका छन् ।
सोमबार राजधानीको टेकुमा आयोजित वीर योद्दा बलभद्र कुँवरको २२७ औं जन्मजयन्ती तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उनले भने, ‘मोर्चाका नेताहरु देश बिगार्न भए भोट हाल्छौं, हैन भने भोटै हाल्दैनौं भन्छन् ।’ ओलीले मोर्चाका नेतालाई प्रश्न गर्दै भने, ‘देश बिगार्नेको लागि चाहिँ भोट हाल्ने कस्तो राष्ट्रवाद हो ?
मधेसी मोर्चा देश विखण्डन गर्ने बाटोतर्फ लागेको भन्दै ओलीले देशको स्थायित्व र विकासका लागि इमान्दार भएर नलागे उनीहरु आफैं सकिने जिकिर गरे ।
उनले आफ्नो पार्टी संविधान संशोधनको विरुद्धमा रहेकाले एमालेलाई भोट कहाँ हाल्नुपर्छ राम्रोसँग थाहा भएकाले कसैले सिकाइरहन नपर्ने बताए ।
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न
बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका
फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको