January 30, 2017

बाथ–मुटु रोगीको भल्ब शल्यक्रिया निःशुल्क

काठमाडौं – बाथ–मुटु रोगी भएका बिरामीले आगामी एक फागुनबाट भल्व शल्यक्रियाको निःशुल्क उपचार सेवा पाउने भएका छन् । बाथ–मुटु रोगीका लागि सरकारले निःशुल्क भल्व शल्यक्रिया उपचारको व्यवस्था मिलाएको खबर आजको नयाँ पत्रिकामा छ ।mutu-rog-155x82

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २१औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले १५ देखि ६५ उमेर समूहका बिरामीलाई लक्षित गरी बाथ–मुटु रोगीको निःशुल्क भल्व शल्यक्रियाको घोषणा गरेका हुन् । उनले भने, ‘युवाहरूको स्वास्थ्यलाई ध्यानमा राखेर यो सेवा ल्याइएको हो ।

फागुनबाट निःशुल्क सेवा
आगामी फागुन १ बाट सहिद गंगालाल हृदय केन्द्र र मनमोहन कार्डियो भास्कुलर सेन्टरबाट बाथ–मुटु रोगीका बिरामीले निःशुल्क भल्व शल्यक्रियाको सेवा पाउनेछन् । यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट दिनेछ । यसअघि बाथ–मुटु रोगीको भल्व मात्रै निःशुल्क फेरिँदै आएको थियो । युवाहरू विशेषगरी रोजगारीको सिलसिलामा विदेश जाने अर्थात् स्वदेशमै जोखिमपूर्ण काम गर्दा बाथ–मुटु रोगको बढी सिकार हुने गरेको चिकित्सकहरूले बताएका छन् ।

बाथ–मुटु रोगी बढे
एक सय मुटुरोगीमध्ये पाँचजनामा बाथ–मुटु रोग देखा पर्ने गरेको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डाक्टर राजीव राजभण्डारीले ५ देखि १५ वर्ष उमेर समूहका मानिसमा बाथ–मुटु रोग बढी हुने बताए । उनका अनुसार यसको उपचारमा करिब एक लाख रुपैयाँ खर्च लाग्छ ।

२१ वर्षमा १३ लाखले लिए सेवा
१५ पुस ०५५ बाट सेवा सुरु गरेको सहिद गंगालाल हृदय केन्द्रले हालसम्म बाह्र लाख ९० हजार बिरामीलाई सेवा दिएको छ । यस आर्थिक वर्षमा केन्द्रबाट १६ हजार आठ सय ३२ जना बिरामीले सेवा लिएको शर्माले बताए । उनले यसै वर्षबाट तीनवटा अत्याधुनिक अप्रेसन थ्रिएटर र २६ शøयाको आइसियु सञ्चालनमा ल्याएको पनि जानकारी दिए ।

सरकारको विपन्न कार्यक्रममार्फत एक आर्थिक वर्षमा एक हजार आठ सय ४९ जना बिरामीले उपचार पाएका छन् । उनीहरूको उपचारका लागि राज्यको १७ करोड ९४ लाख ४९ हजार ४ सय ३६ रुपैयाँ रकम खर्च भएको शर्माले बताए ।

पोखरा र नेपालगन्जमा सेवा विस्तार
देशैभरिबाट मुटुरोगका बिरामी उपचार गराउन सहिद गंगालाल हृदय केन्द्र आउने गरेका छन् । रोगीहरूको संख्यामा वृद्धि हुँदै गएको भन्दै गंगालालको सेवामा सहजता ल्याउन यसै वर्षदेखि अन्य दुई स्थानबाट सेवा सुरु गर्ने मन्त्रालयले तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका