काठमाडौं, जेठ १३–राष्ट्रिय जनता पार्टी, नेपालले मधेशको माग सम्बोधन नभए सरकार गठन प्रक्रियामा पनि भाग लिन नसकिने स्पष्ट पारेको छ ।
पार्टीका नेता राजेन्द्र महतोले यथास्थितिमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन प्रक्रियामा भाग लिन नसकिने पनि स्पष्ट पारे ।
उनले यथास्थितिमा मधेशमा निर्वाचन हुनै नदिने चेतावनी पनि दिए । नेता महतोले सेना परिचालन गरेर निर्वाचन गरिए मुलुक गम्भिर दुर्घटनामा फस्ने दावी समेत गरे । शनिवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारलाई निर्वाचनको वातावरण बनाउन पुनः दवाव दिए ।
नेता महतोले सरकारको गलत नीतिका कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप पनि लगाए ।
राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहको संख्या जनसंख्याको आधारमा थप नगरिए निर्वाचनमा भाग लिन नसकिने अडान राख्दै शुक्रबार एक साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन नरोकिने स्पष्ट पारे । उनले सरकार स्थानीय तहको दोस्रो चरणको निर्वाचनको वातावरण बनाउन प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार खनालले मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा भाग लिन पनि आग्रह गरे ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार खनालले माघ ७ गते भित्र तीनै तहको निर्वाचन हुनेमा शंका नगर्न पनि आग्रह गरे ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका