प्रचण्डले तत्काल राजिनामा नदिने

sher-br-deuwa-prachanda

६ जेठ, काठमाडौं । काग्रेस र माओवादीबीच भएको सहमति अनुसार जेठको पहिलो साता प्रधानमन्त्री प्रचण्डले राजिनामा दिने र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने मौखिक सहमति भएको थियो । तर प्रधानमन्त्री प्रचण्डले पहिलो साताभित्र राजिनामा दिएनन ।

प्रचण्डले संविधान अनुसार जेठ १५ गते नियमित बजेट ल्याएर मात्र राजिनामा दिने गृहकार्यमा जुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवा तनाबमा परेका छन् । प्रचण्डले तत्काल सरकारबाट राजिनामा दिएपनि नयाँ सरकार गठन हुन झण्डै दस दिन लाग्ने भएकाले अहिलेकै सरकारले कामचलाउ बजेट ल्याउने तयारीमा प्रचण्ड लागेका छन् ।

देउवाले तत्काल सरकारबाट राजिनामा दिन प्रचण्डलाई दबाब दिएका छन् । तर प्रचण्डले जेठ १५ पछि मात्र राजिनामा दिने अडान लिदै आएको बताइएको छ । प्रचण्डको सचिवालयका एक सदस्यले भने,‘प्रचण्डले बजेट ल्याएपछि मात्र राजिनामा दिनुहुन्छ, यस विषयमा कांग्रेस र माओवादी सहमति नजिक पुगेका छन् ।’ उनका अनुसार पूरक बजेट नआउने भएपछि जेठ १५ मा कामचलाउ बजेट पेश गरेर मात्र राजिनामा दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् । तर कांग्रेस र माओवादीबीच कहिले राजिनामा दिने भन्ने विषयमा सहमति जुटन सकेको छैन् ।

आगामी जेठ ८ गते बस्ने संसदको बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नको लागि सचिवालयले भाषणको ड्राफ्ट तयार गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले यति नै गते राजिनामा गर्ने भन्नेमा मिति तय भइनसकेको बताए । उनले भने,‘सकेसम्म जेठ १५ गते बजेट ल्याएर प्रधानमन्त्रीले राजिनामा दिने विषयमा कांग्रेसँग छलफल जारी छ ।’

कांग्रेसका देउवा निकट एक नेताले भने सहमति अनुसार प्रचण्डले जेठ पहिलो साता नै राजिनामा दिनुपर्ने भएपनि ढिलासुस्ती गरेको बताए । उनले भने,‘प्रचण्डले नौ महिनापछि सरकारको नेतृत्व कांग्रेसलाई दिनुपर्ने थियो, स्थानीय तहको निर्वाचन भएको कारण हामीले एक महिना थपिदियौ, अहिले बजेटको कुरा गरिराख्नुभएको छ, सहमति अनुसार तत्काल प्रचण्डले राजिनामा दिनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप