काठमाडौँ, ६ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको नतिजाले यसअघिको त्रिपक्षीय राजनीतिक शक्ति सन्तुलनलाई नै कायम राखेको छ । मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुग्दा पनि पुराना राजनीतिक शक्तिलाई नै जनताले ताजा जनादेश प्रकट गरेका छन् ।
हालसम्मको मतपरिणाम हेर्दा जनताले यस पटक पनि पुराना प्रतिस्पर्धी नेकपा (एमाले) र नेपाली काँग्रेसलाई पहिलो र दोस्रो स्थान दिएका छन् । त्यस्तै अहिलेको संसदीय संरचनामा तेस्रो स्थानमा रहेको नेकपा (माओवादी) केन्द्र तेस्रो स्थानमा नै रहेको छ तर चौथो शक्ति मानिएको राप्रपा भने निर्वाचनको नतिजा अनुसार जनताले कम रुचाइएको दल बनेको छ ।
शुक्रबार साँझसम्मको मतपरिणाम अनुसार पहिलो चरणमा निर्वाचन भएका प्रदेश नं. ३, ४ र ६ का २८३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म नेकपा (एमाले) १०४ गाउँपालिका÷नगरपालिकाका प्रमुख जित्न सफल भएको छ ।
त्यस्तै नेपाली काँग्रेसले ९८ गाउँपालिका/नगरपालिकाका प्रमुख जितेको छ । यस्तै माओवादी केन्द्रले ४५ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टीले १, राष्ट्रिय जनमोर्चाले १ र नयाँ शक्तिले १ गाउँपालिका/नगरपालिकाका प्रमुखमा जितेका छन् । अन्यमा ३ स्थानमा स्वतन्त्र विजयी भएका छन् ।
यो तथ्याङ्क हेर्दा स्थानीय तहमा पुरानै राजनीतिक दलको पकड रहने सम्भावना बलियो भएर गएको छ । तथापि यसपटकको निर्वाचनमा पुराना राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, राप्रपा नेपाल र नयाँ शक्तिदेखि साझा पार्टी, विवेकशील नेपालीसम्मका नयाँ राजनीतिक दलको उत्साहप्रद सहभागिता रहेको छ ।
नयाँ दलमा विवेकशील नेपाली र साझा पार्टीले राम्रो नतिजा ल्याउँदैछन् भने नयाँ शक्तिले अपेक्षाकृत रूपमा जनतामा आफूलाई स्थापित गर्न सकेन । स्थानीय तहको निर्वाचनको पहिलो चरणमा सबैले चासोका रूपमा हेरिएका काठमाडौँको काठमाडौँ महानगरपालिका, कास्कीको पोखरा–लेखनाथ महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका र मकवानपुरको हेटौँडा उपमहानगरपालिका रहेका छन् । गोरखापत्र दैनिकमा अजय शर्माले खबर लेखेका छन् ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका