एक समयको कुरा हो । बादशाह अकबरको दरबारको बैठक चलेको थियो । दरबारमा ठट्टाको माहोल गुन्जिएको थियो । सबैजना प्रशन्न देखिन्थे, अकबर पनि खशी थिए । तर एउटा कुराले भने अकबरलाई संधै सताइरहन्थ्यो ।
जब वीरबल दरबारमा अनुपश्थित हुन्थे तब दरबारीहरु वीरबलप्रति द्वेष र ईर्ष्याका कारण अकबरलाई भड्काउने काम गर्थे । तर अकबरलाई वीरबलको चतर्याई प्रति भरोसा थियो । दरबारमा चलेको ठट्टाको बीचमा अकबरले दरबारियाको परिक्षा लिने मन बनाए । उनले सबै दरबारियालाई शान्त हुन भने र बोलेः ध्यानसँग सुन्नुस्, सबैसँग मेरो एउटा प्रश्न छ, यसको जवाफ दिनु पर्छ । जसले यो प्रश्नको सही जवाफ दिन सक्छ म वीरबलको सट्टा मन्त्री नियुक्त गर्छु ।
अकबर बोलेः सुन्नुस तपाई सबैजना सक्षम हुनुहुन्छ, सबैलाई अवसर मिलेको छ । यसबाट सबै इच्छा पूरा हुन सक्छ । यो सुनेर सबै दरबारिया खशी भए । अकबर फेरी बोलेः तपाईहरुले यो सावित गर्नुपर्छ कि मानिसले बनाएको कुरा राम्रा छन कि प्राकृतिक कुरा ठीक ।
अकबरको प्रश्न सुन्नेबित्तिकै सबै दरबारिया सोचमा डुबे । अकबरले उनीहरुलाई एक हप्ताको समय दिए र भने आउने हप्ता जब दरबार लाग्नेछ तब आफ्नो कुरालाई साबित गर्नुपर्नेछ ।
यसपछि सबै आफ्नो घर तिर लागे । सबै यही सोचमा लागेका थिए कि सबैभन्दा राम्रो कसरी सावित हुने । तर सबैमा यस्तो चतुर्याई थिएन जति वीरबलमा थियो ।
दरबारिया कसैले पनि यस प्रश्नको जवाफ सोच्न सकेका थिएनन् । तोकिएको समयमा बैठक शुरु भयो, सबै आफ्नो आफ्नो ठाउँमा बसे । वीरबल भने सबैभन्दा पहिला नै आफ्नो ठाउँमा बसेका थिए ।
अब राजा अकबरले सबैसँग एक-एक गरेर प्रश्नको जवाफ सोध्न थाले । तर सबै दरबारियाहरु आफ्नो टाउको निहुर्याएर बस्न थाले । यो देखेर अकबरले वीरबललाई यही प्रश्न सोधे । वीरबलले आफ्नो चतुर्याईको उपयोग गर्दै भने, यसमा कुन ठूलो कुरा छ र ? यसको जवाफ धेरै नै सजिलो छ भन्दै आफ्नो कुर्सीबाट उठेर बाहिर गए । यो देखेर दरबारिया कानेखूशी गर्न थाले ।
एक दरबारिया बोले, लौ यो के हो ? वीरबल अकबरको जवाफ दिनुको सट्टा उठेर बाहिर पो गए त । अकबर भने आरामका साथ आफ्नो सिंहासनमा वीरबलको प्रतिक्षा गर्दै बसिरहेका थिए ।
त्यति नै बेला एक कलाकार ढुंगाबाट बनेको फुलको गुच्छा लिएर आए र राजालाई दिएर जान लागे । राजाले फुलको गुच्छा हातमा लिएर त्यसको सुन्दरता देखेर धेरै नै प्रशंसा गरे र आफ्नो मन्त्रीलाई कलाकारलाई एक हजार स्वर्ण मुद्रा दिएर पठाउन आदेश दिए ।
इनाम लिएर कलाकार खूशी हुँदै बाहिर गए । त्यति नै बेला अकबरको बगैचाको माली आए र राजालाई एक फुलको गुच्छा दिए । सुन्दर फुलको गुच्छालाई देखेर अकबर तारिफ नगरी बस्न सकेनन् र मन्त्रीलाई यो आदेश दिए कि मालीलाई दुई सय चाँदीको मुद्रा इनाम स्वरुप दिनु भने ।
यसपछि राजाले वीरबललाई बोलाए । पहिला त राजा अकबर वीरबलसँग धेरै नै रिसाएका थिए र सोच्न थाले सायद सबै दरबारियाले सही नै भनेका थिए । मैले तिमीलाई धेरै नै छुट दिएकोले तिमी बिचमा नै राजदरबार छोडेर गयौं, मेरो जवाफ पनि दिएनौं ।
यो सुनेर वीरबल राजालाई नमस्कार गर्दै बोल्न थाले । हजुर तपाईले केही भुल्दै हुनुहुन्छ । अहिले आएका दुई जना कलाकारलाई पठाउनको लागि नै म बाहिर गएको थिए । तर तपाईले यो कस्तो न्याय गर्नुभयो ? एकलाई एक हजार स्वर्ण मुद्रा र अर्कोलाई भने जम्मा दुई सय चाँदीको सिक्का ।
अकबरले जबाफ दिए, असली फुलको गुच्छा त दुई दिनमै मर्छ र यो ढुंगाबाट बनेको फुलगुच्छा कहिल्यै पनि खराब हुँदैन ।
यसपछि वीरबलले भनेः यसो हो भने तपाईले यो मान्नु भयो कि मानिसबाट निर्मित बस्तु प्रकृतिद्वारा निर्मित बस्तु भन्दा धेरै राम्रो हुन्छ । यो सुनेर अकबरको बोली नै बन्द भयो । उनी वीरबलको चतुर्याई देखेर मनमनै मुस्काए र आफ्नो सिंहासनमा बसे ।
अकबरले फेरि वीरबललाई खुल्ला मनले तारिफ गरे । सबै दरबारिया भने आफ्नो शीर झुकाएर बसेका थिए । वीरबल भने आफ्नो चतुर्याई देखाउन सफल भए ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको