शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय करोड भारतीय रुपैयाँभन्दा बढी कमाई गरेको छ।

पठानले रिलिज भएको २२औं दिनमा उक्त कमाई गरेको हो।

भारतमा हिन्दी, तमिल र तेलुगु भाषामा चलचित्र रिलिज गरिएको थियो। हिन्दी भाषाकोले ४८४.८५ करोड र तमिल र तेलुगु भाषाकोले १७.६० करोड गरी कुल ५०२.४५करोड भारतीय रुपैयाँ पठानले आर्जन गरेको छ।

भारतमा मात्रै होइन नेपालमा पनि यस फिल्मले बम्पर ओपनिङ गरेको छ। यो फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले करिब साढे दुई करोड रुपैयाँमा नेपाल भित्र्याएको हो। नेपालका १५० हलबाट रिलिज भएको यस फिल्मले उत्साहजनक शो पाएको थियो। नेपालभरि पहिलो दिनमा फिल्मले २ करोडको व्यापार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको

पाँच दशमलव ६० अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, असार ११ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ ।