८२ वर्षको उमेरमा अस्ताय सर्वकालिन महान फुटबल खेलाडी पेले


१५ पुस,काठमाडौं । सर्वकालिन महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । साओ पाउलोस्थित अल्बर्ट आइस्टाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

फुटबलको जादुगरको उपनामले चिनिने पेले सर्वाधिक सफल खेलाडी हुन् । २०२१ को सेप्टेम्बरमा पेलेको कोलोन टयुमरको शल्यक्रिया गरिएको थियो । करिब एक महिनादेखि अस्पताल भर्ना भएर पेले उपचार गर्दै आएका थिए ।

पेलेको क्यान्सर फैलिँदो अवस्थामा थियो । उनको मुटु र मिर्गौलाको विशेष ध्यान राख्नुपर्ने भन्दै अस्पतालले उपचार गरिरहेको थियो ।

सन् १९४० अक्टोबर २३ मा जन्मिएका पेलेले आफूलाई अब्बल खेलाडी मात्रै बनाएनन् । सिंगो विश्व फुटबल जगतले सधैँभरि सम्झिरहने छाप छोडेर गए । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पहिलो पटक हुम्लामा स्याउको मूल्य निर्धारण

हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत

अपराधी पहुँच र दवावमा उम्कने प्रवृत्तिका विरुद्ध जिफन्टद्धारा ध्यानाकर्षण

५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले