देशको अर्थतन्त्र डुब्दा समेत कुनै सांसदले तलबभत्ता चाहिँदैन् भने त ?

दुई वर्षअघिसम्म यातायात कार्यालय र मालपोत कार्यालयमा खुट्टा टेक्नेसमेत ठाउँ हुदैँन थियो तर अहिले यी दुवै कार्यालय सुनसान देखिन्छ । न कोही जग्गा किन्ने मान्छे नै हुन्छ न कुनै गाडी किन्ने । दिनहुँ हजारौँ घरजग्गा नामसरी हुने मालपोत कार्यालयमा अहिले दिनमा एकदुई वटासमेत घरजग्गा नामसरी हुदैँन ।

त्यस्तै, यातायात कार्यालयमा पनि यही नै भइरहेको छ । बजारमा घरजग्गा, सवारीसाधन बेच्नेहरु यत्तिकै छन् तर किन्ने कोही छैन । तीन वर्षअघिसम्म मानिसहरुले आनाको ५० लाखमा किनेको जग्गा महिनादिनपछि आनाकै ६० लाखमा बिक्रि हुन्थ्यो । यसरी महिनादिन नबित्दै जग्गाको मूल्य यत्रो बढ्थ्यो ।

तर अहिले ६० लाखमा किनेको जग्गा त्यसको आधा मूल्यमा बेच्छुभन्दा पनि बिक्री हुदैँन । त्यस्तै, सवारीसाधनहरु पनि किनेको आधा मूल्यमा बिक्री गर्छुभन्दा पनि किन्ने मान्छे छैन । यता सेयरमा पनि यही रित चलिरहेको छ । एक कित्ता सेयर ३२ सय हालेर किनेको सेयर अहिले सस्तोमा बेच्छुभन्दा पनि बिक्री हुदैँन ।

जो मानिसले घरजग्गा, गाडी र सेयर वित्तिय संस्थामा धितो राखेर कर्जा लिए तर अहिले लिएको कर्जाको ब्याज र साँवा नै उनीहरुले डेढ वर्षदेखि तिर्न नसकेको सुनिन्छ । यता वित्तिय संस्थाले धितो राखेर दिएको कर्जाको धितोको मूल्य दिनप्रति दिन घटिरहेको छ । उता वित्तिय संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज नै बढिरहेको छ ।

दुई दशकअघिसम्म वित्तिय संस्था तथा सहकारीहरुले आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । व्यापारीहरुले पनि वित्तिय संस्थाबाटै कर्जा लिएर घरजग्गा, गाडी र सेयर महंगोमा बेचेर ठग्ने काम गरे । त्यसबेला आनाको २ लाख नपर्ने जग्गा अहिले वा तीन वर्षअघिसम्म आनाकै ९० लाखमा बिक्री गरियो ।

यसरी घरजग्गाको मूल्य बढ्नुको मुख्य कारण नै वित्तिय संस्था हो । वित्तिय संस्थाहरुले बुझ्रदैनबुझी घरजग्गामा लगानी गरे त दलालीहरुले त्यसैको फाइदा उठाएर सर्वसाधारण ठगे । त्यस जग्गाको सरकारी रेट भने आनाको १ लाख थियो तर किनबेच भने ९० लाखमा हुन्थ्यो ।

यता घरजग्गाको मूल्य यसरी नै बढिरहन्छ भनेर सर्वसाधारणदेखि वित्तिय संस्थासम्मैले आँखा चिम्लेर लगानी गरे तर अहिले डुबे । अहिले जतिपनि मानिसहरुको घरजग्गा छ, त्योमध्ये ९५ प्रतिशत मानिसहरुको घरजग्गा बैंक, फाइन्स र सहकारीको नाममा रोक्का छ । वित्तिय संस्थाहरुले पनि सर्वसाधारणले संस्थामा डिपोजिट गरेको रकममध्ये ९० प्रतिशत लगानी घरजग्गामा गरेका छन् ।

तर बजारमा घरजग्गामा मन्दी आउनेबित्तिकै वा यिनीहरुको खरिदबिक्री कार्य ठप्प हुनेबित्तिकै यता नाफा खान वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गा किन्नेको पनि भागाभाग भयो त उता वित्तिय संस्थाले पनि घरजग्गा धितो राखेर प्रवाह गरेको कर्जा नउठेपछि वा घरजग्गाको किनबेचमा मन्दी आएपछि यिनीहरु पनि डुब्ने अवस्थामा पुगे ।

पछिल्लो समय कति बैंकहरु डुबिसकेको र अधिंकाश सहकारीहरु डुबेर पनि भागिसकेका छन् । बजारमा सर्वसाधारणको कुरा सुन्दा अहिले बैंकहरु टाट पल्टिसके भने सहकारीहरु भाग्ने अवस्थामा पुगिसके । सरकारले पहिलै वित्तिय संस्थाहरुलाई घरजग्गामा लगानी नगर्नुस् भनेर भनेको भए आज सर्वसाधारण र वित्तिय संस्था यसरी डुब्दैन थिए ।

अहिले वित्तिय संस्थाले न आफुले दिएको कर्जा नै उठाउन सक्छ न घरजग्गा बेचेर लगानी नै उठाउन सक्छ । त्यसैले पनि वित्तिय संस्था डुब्ने अवस्थामा पुगेपछि सर्वसाधारणहरु आफुले वित्तिय संस्थामा राखेको पैसा निकाल्न लाइन लागिरहेका छन् । वित्तिय संस्थाले जतिसुकै महंगो ब्याज दिन्छु भनेतापनि सर्वसाधारणहरु बैंक तथा सहकारीमा पैसा राख्दैनन् ।

बैंक बचतकर्ताको एक लाख फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ भने सहकारीले त महिनाको ५ हजासमेत फिर्ता गर्दैन । सहकारीहरु आज जाँदा खुल्ला हुन्छ त भोलि जाँदा भागिसकेका हुन्छन् । सहकारीले त आफु बच्नका लागि बजारमा प्रतिनिधि खटाएर बचतकर्तासँग सबै पासबुक संकलन लिने र जलाउने काम गरिरहेको छ ।

सहकारीमा पैसा निकाल्न गएका सर्वसाधारणको रुवाइ, कराइ देख्दा नेपालमा पनि सरकार छ र जस्तो लाग्छ । यता उद्योगि व्यवसायीहरु पनि हामी वित्तिय संस्थाको साँवाब्याज नै तिर्दैनौँ भन्दै आन्दोलन गर्छन् र हातमा कालो पट्टी बाँध्छन् । तर यता वित्तिय संस्था डुबेको कुरा सर्वसाधारणको कानसम्म पुगेपछि मानिसहरुले आफ्नो पैसा निकालेर घरमा लुकाइसकेका छन् । अब महंगो ब्याजको लोभमा उनीहरु फस्न चाहदैँनन् ।

सबैभन्दा छिटो नाफा कमाउन पाइन्छ, घुस खान पाइन्छ, ब्याज र सेवाशुल्क पनि पाइन्छ भनेर वित्तिय संस्थाहरुले घरजग्गा, गाडी र सेयरमा लगानी गरे । तर अहिले यीनै सबैको मूल्य घटेर गुन्द्रकको मूल्यमा आयो वा कबाडीमा बिक्री नहुने भयो । साथै, यस क्षेत्रमा काम गर्ने बिचौलिया तथा दलालीहरुको पनि डुबेर वा ऋण तिर्न नसकेर भागाभाग भयो । अहिले सुनिन्छ, कति घरजग्गा दलालीले आत्महत्या गरिसके त कति नेपाल छोडेर भागिसके । त्यस्तै, सेयरमा लगानी गर्नेहरु पनि लगानी डुबेपछि बसेको बास र फोन सबै फेरिसके ।

अहिले निजीप्लेटका तथा भाडाका गाडीमा लगानी गरेको गाडी सबै वित्तिय संस्थाहरुले ऋणीले ऋण नतिरेपछि उठाइसकेका छन् । तर यो गाडी टोक्नु कि निल्नु जस्तो उनीहरुलाई भइरहेको छ । न बेच्छुभन्दा मान्छे नै पाइन्छ न मान्छे पाएपनि उचित मूल्य नै पाइन्छ । वित्तिय संस्थाहरुले यसरी डिपोजिटहरुलाई फसाए र डुबाए ।

एमालेका अध्यक्ष केपी शर्माओली नेपालको अर्थतन्त्र श्रींलका भएको वा डुबेको दाबी गर्छन् । ओलीको भनाइअनुसार देश नै टाट पल्टिसक्यो र नेपालको अर्थतन्त्र श्रींलकाभन्दा नाजुक भइसक्यो । फेरि यता अर्थविद् तथा विज्ञहरु पनि ओलीले नै भनेको कुरा बोल्छन् । विदेशीले नेपालमा दिँदै आएको ऋण पनि अहिले विदेशीले दिन छोडिसकेको छ र एक नेपालीको टाउकोमा विदेशी ऋण ७९ हजार पुगिसकेको छ ।

तर विदेशीसँग लिएको ऋणको सरकार नै साँवाब्याज तिर्न नसक्ने अवस्थामा पुगेको छ । अहिले बजारबाट राज्यको ढुकुटीमा राजस्व संकलन हुन छोडिसकेको छ । साथै, बहालवाला कर्मचारी, भुपु कर्मचारी, सरकारी कर्मचारी वा ज्येष्ठ नागरिकहरुलाई भत्ता दिन नसक्ने अवस्थामा सरकार पुगिसकेको छ ।

अब विदेशीले ऋण नदिएमा यी मानिसहरुले भत्तादेखि तलबसम्मै खान पाउँदैनन् त जनताले तिरेको करबाट सरकारी खर्चै धान्न नसक्ने अवस्था सिर्जना भएको छ । अब नेपाल सरकार विदेशीसँग ऋण लिएर बिकास गरेको नाटक गर्छ र नेपाल कुन देशलाई जिम्मा लगाउँछ । नेपालको अर्थतन्त्र डुबिसक्यो भनेर विदेशीहरुले पनि थाहा पाइसकेका छन् । त्यसैले पनि अब विदेशीहरु सरकारलाई थप ऋण दिदैँनन् र दिएको पनि उठाउन खोज्छन् ।

अहिले वडाध्यक्षदेखि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र सांसदहरुले तलबभत्ता खान्छन् तर अब यो पैसा कहाँबाट ल्याएर यिनीहरुले खर्च व्यर्होछन् । नेपालका अधिंकाश उद्योग व्यवसायीहरु ऋण तिर्न नसकेर भागिरहेका छन् वा उद्योग बन्द गरिरहेका छन् । यिनीहरु सबै वित्तिय संस्थाको ऋणमा डुबिसकेका छन् । यिनीहरुले लगाएको लुगादेखि खाने भातसम्मै सबै बैंककै पैसाबाट खाइरहेका छन् ।

उद्योग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छाले चार दशकअघिसम्म मलाई नेपालको अर्थतन्त्र यसरी डुबेको थाहा थिएन तर अब सबै व्यवसायीहरु डुबिसके र सबै व्यवसायीहरु पलायन हुनुपर्ने अवस्थामा पुगिसकेका भनेर भनिसके । तर व्यवसायीहरुले आफुले त डुबेको नाटक गरेर वित्तिय संस्था डुबाए । उनीहरु न आफुले लिएको ऋणको साँवा नै तिरे न ब्याज ।

अब नेपाली जनताहरु सरकारको विरोधमा सडकमा आउँदै छन् र अर्थतन्त्र डुबेपछि जनताले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मैलाई लखेट्छन् । अब श्रींलका र बगंलादेशभन्दा पनि भयानक रुप नेपाली जनताको आन्दोलनले लिन्छ । अहिले वित्तिय संस्थाले कर्जा प्रवाह गरेपछि वा सर्वसाधारणले रकम नराखेपछि यिनीहरुले मिटरब्याजमा रकम लगानी गरिरहेका छन् । यता एक लाखको महिनाको ५ हजारदेखि ३० हजारसम्म ब्याज लिन्छन् त उता बाध्यताका कारण मानिसहरु यस्तो रकम चलाउँछन् ।

बजारमा अहिले मिटरब्याजमा लगानी गर्नेदेखि लिनेसम्मैको संख्या धेरै रहेको छ । भोलि यिनीहरु ऋण तिर्न नसकेर आफ्नो धितो पनि गुमाउँछन् र मर्छन् पनि । त्यसैले, अब सुकुम्बासीको पनि संख्या बढ्छ र आत्महत्या गर्नेको पनि । यता वित्तिय संस्थाहरुसँग पैसा छैन र व्यक्तिहरुसँग पैसा छ । एउटै व्यक्तिले मिटरब्याजमा १० लाखदेखि ५ करोडसम्म लगानी गर्छन् ।

वित्तिय संस्थामा कर्जा माग्न जाँदा पैसा छैन भनेर फिर्ता पठाउँछ तर मिटरब्याजमा लगानी गर्नेहरुसँग ऋण माग्दा मागेको एक घण्टामै दिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले केही महिनाअघि सरकारी कर्मचारीलाई तलब खुवाउनसमेत विदेशीसँग हात थापेर ऋण लिएर खुवाउनुपर्ने अवस्था आएको बताउँदा पनि अर्थमन्त्री जर्नादन शर्माले देशको अर्थतन्त्र ठिकठाक छ भन्दै ढाँटे ।

तर अहिले अर्थमन्त्री शर्माले आफ्नो पद जोगाउन अर्थतन्त्र टाट पल्टाइदिए र श्रीलंकाको अवस्थामा पुर्‍याइदिए । अहिलेपनि हजार र पाँचसयको नोटमाथि सरकारले प्रतिबन्ध लगाएको छैन र दुई हजारको नयाँ नोट निकालेको छैन । अहिले पैसा जतिसबै सर्वसाधारणहरुले लुकाइसके ।

सरकार सर्वसाधारणले लुकाएको पैसा पनि बाहिर ल्याउन सक्दैन र अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन पनि सक्दैँन । अहिलेको सदनमा उद्योगपति विनोद चौधरी पनि सरकारी गाडी चढ्न र तलबभत्ता खान गएका छन् त रवि लामछिाने पनि आएका छन् । त्यस्तै, जुम्लाबाट जितेर आएका ज्ञानेन्द्र शाहीपनि तलबभत्ता खान आएका छन् ।

उद्योगपति बिनोद चौधरी, ज्ञानेन्द्र शाही र रवि लामिछानेले नै आफुहरुलाई तलबभत्ता चाहिंदैन वा सरकारी गाडी चढ्दिँन भनेर भनेका छैनन् । विश्वकै वा नेपालकै अर्बपति चौधरीले समेत तलबभत्ता चाहिंदैन वा सरकारी गाडी चढ्दिन भनेर भनेका छैनन् भने अरुसँग के आशा गर्ने ।

त्यसैले, यिनीहरु कमाउन र आफ्नो फाइदाका लागि आएका हुन् । अबको पाँच वर्षमा यिनीहरुले झन् अर्थतन्त्रलाई टाट पल्टाउंछन् र नेपाल विदेशीलाई बेच्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

फणीन्द्र माथिको कारबाही  कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

 असार १०.काठमाडौँ। सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेको

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी