चरम भ्रस्टाचार गरेको अभियोगमा काभ्रेको पुर्ब पालिका अध्यक्ष र प्रशासकीय अधिकृत विरुद्ध अख्तियारले चलायो मुद्दा

४पुस, काभ्रे  । प्राकृति तथा  नदीजन्य पदार्थ उत्खनन सम्बन्धी ठेक्कामा चरम भ्रष्टाचार र अधिकारको दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाका पुर्ब  अध्यक्ष सालमसिंह लामा र तत्कालीन  प्रशासकीय प्रमुख अधिकृत सर्मिला लामिछानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा तेमाल गाउँपालिकाको क्षेत्रभित्र पर्ने विभिन्न बगरमा रहेको गिटी बालुवा लगायत संकलन गर्न ठेक्का सम्झौता गर्दा बोल कबोल अंकभन्दा घटीमा सम्झौता गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुविरुद्ध ५ करोड १४ लाख जरिवानाको मागदावीसहित मुद्दा दायर गरेको हो । सोही प्रकरणमा ठेकेदारहरुविरुद्ध पनि कर्मचारी र जनप्रतिनिधि सरह जरिवाना र जेल सजायसहितको विगोदावी गरेर मुद्दा दायर भएको छ । अख्तियारले काभ्रेको अन्य गाउँपालिका अध्यक्ष , अधिकृत र त्याहास्थित वडा अध्यक्षहरुको भ्रस्टाचार विरुद्ध परेको उजुरी अनुसार कागजपत्र सिज गरेर छानबिन गरिरहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै