थ्रेसहोल्ड कटाउने ७ दलको प्रतिनिधि सभामा सदस्य संख्याको अन्तिम नतिजा


२१ मंसिर,काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथ प्रदेश सभा निर्वाचनको मतपरिणामको समानुपातिक तर्फको अन्तिम नतिजा सार्वजनिक भएसंगै ७ वटा राजनीतिक दलहरूले मात्रै थ्रेसहोल्ड कटाउन सफल भएका छन ।

नेपाली कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकमा ३२ सिट गरेर ८९ सिट प्राप्त गरेर पहिलो दल बनेको छ । नेकपा(एमाले) लोकप्रिय मत सबैभन्दा बढी प्राप्त गर्दै प्रत्यक्षमा ४४ र समानुपातिकतर्फ ३४ सिट गरी ७८ सिट सहित दोस्रो ठुलो दल बनेको छ ।

माओवादी केन्द्र प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ १४ सिट गरी ३२ सिटमा चित्त बुझाउंदै तेस्रो दल बन्न सफल हुंदा निर्वाचनको केही महिना अगाडिमात्रै दर्ता भएको रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट गरी २० सिट हांसिल गर्दै थ्रेस होल्ड कटाउन सफल भएको छ ।

त्यस्तै,राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकमा ७ सिट गरी १४ सिट प्राप्त गर्दै पाँचौ दल बन्दै थ्रेसहोल्ड कटाउन सफल हुँदा जनता समाजवादी पार्टी,जसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरी १२ सिट प्राप्त गर्न सफल भएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा ५ गरी ६ सिट प्राप्त गर्दैन थ्रेसहोल्ड कटाउन सफल हुँदा सातौं दल बनेको छ ।

प्रत्यक्षको सीट जितेका ६ दलले भने थ्रेसहोल्ड कटाउन सकेनन् । १० सीट जितेको नेकपा एस राष्ट्रिय दल बन्न सकेन । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ४ सीट, नागरिक उन्मुक्ति पार्टी ३ सीट, राष्ट्रिय जनमोर्चा १ सीट, नेपाल मजदुर किसान पार्टी १ सीटसहित संसदमा सहभागी हुने भएका छन् । ५ जना स्वतन्त्र सांसद पनि यसपटक सदनमा प्रवेश गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको