राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन काठमाडौं महानगरको अधिवेशन सम्पन्न,अध्यक्षमा करुणा पुरी


१८ मंसिर,काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को सशक्त घटक युनियन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल काठमाडौं महानगर कमिटीको दोस्रो अधिवेशनले करुणा पुरिको अध्यक्षतामा नौ सदस्यीय काठमाडौं महानगर कमिटी चयन गरेको छ ।                 

मिनु थापाको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ जिफन्टका महासचिव लक्षमण शर्मा,विशेष अतिथि सौन्दर्यकर्मी युनियनका महासचिव सुजना जोशी, केन्द्रीय सदस्य मिना गुरुङ,बाग्मती प्रदेश कमिटिका पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालन तनुजा जैरुले गर्नु भएको थियो ।   

अधिवेशनले राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल काठमाडौं महनगर कमिटी अध्यक्षमा करुणा पुरी , उपाध्यक्ष तनुजा जैरु , सचिव सोलिना लामा,सहसचिव सपना शंकर तथा कोषाध्यक्षमा सुस्मिता गुरुङलाई सर्वसम्मत पदाधिकारी चयन गरेको छ भने सदस्यहरुमा पार्वती शाक्य,अस्मिता क्षेत्री,इश्वरी श्रेष्ठ र जेनि सिग्देल सहित नौ सदस्य काठमाडौं महानगर कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।         

“अधिवेशन सफलताको शुभकामना दिंदै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी महासचिव सुजना जोशीले भन्नुभयो नेपाली श्रमजीवी बर्गलाई बिपन्न बाट मध्यम वर्गमा रुपान्तरण गर्ने समय आएको र त्यसका लागि उद्यमशिलतामा जोड्दै स्वरोजगार श्रमिकहरुलाई जोड्नुपर्ने बताउनुभयो । पेशागत स्वास्थ्य र सुरक्षालाई पनि संगसंगै लैजानुपर्ने बताउंदै उहाँले भन्नुभयो स्वस्थ्यलाई प्रत्यक्ष रुपमा असर पुर्‍याउने केमिकलहरुसंग हामी प्रत्यक्ष रुपमा खेलिरहेका छौं त्यस्तै धेरै सौन्दर्यकर्मी साथीहरुलाई विभिन्न प्रकारको स्वास्थ समस्याहरु पनि देखिएकोले पेशागत स्वास्थ्य र सुरक्षा अहिलेको प्रमुख आवश्यकता रहेकोले त्यसको लागि जनचेतना मुलक कार्यक्रमहरुको आवश्यकता रहेको महासचिव जोशीको भनाइ रहेको छ ।”                     

“अधिवेशनलाई सम्बोधन गर्दै नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का महासचिव लक्ष्मण शर्माले भन्नुभयो सौन्दर्यकर्मि युनियन भनेको स्वरोजगार श्रमिमहरुको युनियन भएकाले स्वरोजगार श्रमिकहरुलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्न जिफन्टले जोडदार माग गरिरहेको र यसलाई आम बहसको रुपमा लैजानुपर्ने बताउँदै उहाँले भन्नुभयो आगामी ५ वर्षमा २० लाख श्रमिकहरुमा योगदानमा आधारित सामाजिक सुरक्षा पुर्‍याउने जिफन्टको अभियान पुर्ण रुपमा सफल हुनको लागि स्वरोजगार श्रमिकहरु लाई बिशेश महत्वका साथ समेट्नु पर्ने महासचिव शर्माले बताउनुभयो ।”                     

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा