गठबन्धनको अस्थिर सरकार बनेमा नेपाली श्रम बजारमा झन ठूलो असर पर्छ : अध्यक्ष श्रेष्ठ


१७ मंसिर,काठमाडौं । नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले चुनावी परिणाम अनुसार स्थिर सरकार बन्ने संभावना नरहेको र गठबन्धनको अस्थिर सरकार बनेमा महङ्गी झन बढ्ने र नेपाली श्रम बजारमा झन ठूलो असर पर्ने संभावना रहेको बताउनुभएको छ ।            सनिवार जिफन्ट राष्ट्रिय महिला कमिटीको आयोजनामा जिफन्ट स्कुल अनामनगरमा आयोजित लैंगिक हिंसा विरुद्ध अभियानमा,जिफन्टको आचार संहिता विषयक कार्यसालामा उपस्थित सहभागीहरुलाई संबोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो ।   

“निर्वाचनमा भएको खर्च उठाउन चलखेल सुरु भएको र त्यसमा सम्पुर्ण श्रमजीवीहरुलाई सचेत रहन आग्रह गर्दै उहाँले भन्नुभयो लैङ्गिक हिंसा विरुद्ध,जिफन्टको आचार संहिता विषयक कार्यसालामा सहभागीहरुले प्रस्तुत गर्नुभएको टिपोट महासंघको आगामी तिन दिने कार्यसाला बैठकमा लैजाने र उपयुक्त निर्णय गर्ने बताउनुभएको छ । पिडितले मात्र होईन पिडकले पनि यसबारे ज्ञान पाएमा हिंसा न्यूनीकरण हुने बताउंदै अध्यक्ष श्रेष्ठले भन्नुभयो समस्या छ भने घरभित्रै गएर पनि समाधानका उपाय खोजी गर्ने अभियान चलाउनुपर्छ । त्यसका लागि एकढिक्का भएर अगाडि बढ्न र हरेक कार्यक्रमहरुमा सहभागी हुन सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।”                     

जिफन्ट राष्ट्रिय महिला कमिटी अध्यक्ष सीता लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिफन्टका केन्द्रीय उपाध्यक्षहरु विदुर कार्की,जितेन्द्र श्रेष्ठ तथा महासचिव लक्ष्मण शर्माको पनि विशेष उपस्थिति रहेको थियो ।   

जिफन्ट महिला कमिटीले काठमाडौं संगै प्रदेश नं.१ को बिराटनगर त्यस्तै मधेस प्रदेशको सिमारा,बागमती प्रदेशको राजधानी हेटौंडा,गण्डकी प्रदेशको पोखरा,लुम्बिनी प्रदेशको बुटवल,कर्णाली प्रदेशको सुर्खेत र सुदुर पश्चिम प्रदेशको धनगढीमा गरेर एकैदिन सातै प्रदेशमा लैंगिक हिंसा विरुद्ध अभियानमा,जिफन्टको आचार संहिता विषयक कार्यसाला सम्पन्न गरेको हो ।               

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको