नेस्वहोमयु को ४२ औं वार्षिक उत्सव:श्रमजीवीहरुलाई एकतावद्ध आन्दोलनमा सरिक हुन अध्यक्ष श्रेष्ठको आव्हान

१३ मंसिर,काठमाडौं ।नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले सम्पुर्ण श्रमजीवीहरुलाई एकतावद्ध भएर आन्दोलनमा सरिक हुनको लागि आव्हान गर्नुभएको छ ।

जिफन्ट निकट नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनको ४३ औं स्थापना दिवस तथा ४२ औं वार्षिक उत्सवको अवसरमा होटल हार्दिक बागबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो आव्हान गर्नुभएको हो ।

कुनैबेला हाम्रो माग मे दिवसमा बिदा पाउनुपर्छ भन्नेमा मात्र सिमित थियो । २४० दिन पुगेपछि स्थाई गरिनुपर्छ भन्नेमा मात्र सिमित थियो । एकजना मजदुरलाई स्थाई गर्न पाउँदा ठुलो सफलता प्राप्त गरेको ठान्दै गौरवान्वित हुन्थ्यौं । ती समयहरुलाई केलाउंदा अझै पनि गर्नुपर्ने काम धेरै बांकी छन त्यसका निमित्त एकतावद्ध आन्दोलनको निर्माण गर्नुपर्ने खांचो भएकाले सम्पुर्ण श्रमजीवी मजदुर साथिहरुलाई एकतावद्ध भएर आफ्नो आन्दोलनमा सरिक हुनको लागि अध्यक्ष श्रेष्ठले आव्हान गर्नुभएको हो ।                       

“श्रमजीवीहरुको एकताको कारणले गर्दा कुनै हालतमा हाम्रो आन्दोलनलाई दबाउन सकिएन भने हामिमाथी चलखेल गर्ने र फुटाउ र शासन गर भन्ने सिद्धान्त लागू गर्ने स्मरण गराउंदै उहाँले भन्नुभयो यहि निति र सिद्धान्तको कारणले आज हामीलाई कतिपय ठाउँमा पछि पार्ने प्रयास गरिरहेका छन । हाम्रै विचका साथिहरुलाई भड्काएर एउटै कार्यथलोमा अनेकन संगठनहरु जन्माइदिएर भ्रम सृजना गरेर हाम्रो आन्दोलनलाई बिसृङ्खलित तुल्याउने कामहरू प्रती सचेत रहन सम्पूर्ण श्रमजीवीहरुलाई आग्रह पनि गर्नुभएको छ ।”                   

“चारवटा होटलबाट शुरु भएको हाम्रो यात्रा आज देशभर मात्र होईन अन्तरास्ट्रिय क्षेत्रको ग्लोबल युनियनमा समेत हाम्रो आन्दोलनको पहिचान स्थापित गरेर IUF को बलियो सदस्यको रुपमा स्थापित हुनु संगठनको उपलब्धि भएको उहाँले बताउनुभयो । पंचायत कालमा कसैले गर्न नसकेको काम हाम्रो युनियनले गर्दै आएको स्मरण गर्दै उहाँले भन्नुभयो जब ०४६/०४७ को आन्दोलन पछि हाम्रो युनियन बलियो हुँदै आयो हाम्रा वैरिहरुले हामीलाई फुटाउन थाले आज व्यक्तिगत स्वार्थको लागि संगठन फुटाउने काम हुन थालेको छ । त्यसमा सतर्क हुनुपर्ने बताउँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो हिजो संगै हिंडेका र भ्रमबस अन्यौलतामा गएका सदस्यहरुलाई बाहिर बसेर बैरीहरुलाईनै सहयोग पुग्ने भन्दै एकीकृत ट्रेड युनियन आन्दोलनको बांकी कार्यभार पूरा गर्न आफ्नै मुलघर फर्कन आव्हान पनि गर्नुभयो ।”                     

होटल क्षेत्रमा १० प्रतिशत सेवा शुल्क लागू भैसकेपछी होटल,रेष्टुरेन्ट क्षेत्रबाट बिदेश जानेको संख्या घटेको भन्दै नेता श्रेष्ठले भन्नुभयो “यो १० प्रतिशत सेवा शुल्क फाईव स्टारमा मात्र होइन सबैतिर लागुगर्नेत छंदैछ यसलाई फेरि पनि पुनरावलोकन गर्नुपर्छ । १० प्रतिशत सेवा शुल्कलाई २०२३ मा शतप्रतिशत हाम्रा मजदुरलेनै पाउनुपर्छ भन्ने माग राख्ने र १० प्रतिशत सेवा शुल्कलाई ग्राहकहरुबाट उठाएर त्यसैलाई पारिश्रमिक दिने प्रचलन अन्त गर्न र कार्यथलो जोगाउन हामीले गरेको सहयोगलाई कमजोरी नठान्न सरोकारवाला निकायहरुलाई अध्यक्ष श्रेष्ठले आग्रह गर्नुएको छ । मजदुरलाई दोस्रो दर्जाको व्यवहार अन्त गर्ने प्रस्ताव राख्दै उहाँले भन्नुभयो ब्यालेन्स सिट संधै घाटामा देखाउने,समयमै पारिश्रमिक नदिने र मजदुरलाई सिद्रा बनाएर पेल्ने कारखाना-मुर्दावाद ।”         

एकीकृत ट्रेड युनियन आन्दोलन आजको आवश्यकता बताउँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन पर्यटन व्यवसायलाई मात्र होईन नेपालको समग्र ट्रेड युनियन आन्दोलनलाईनै समृद्ध बनाउने दिशामा लाग्नुपर्छ । हिजो हामीले स्थायीको माग गरिरहेका थियौं । संचयकोष,बोनस लगायतको मात्र कुरा गरिरहेका थियौं । अब हामी सिङ्गो जिवन चक्रको कुरा गरिरहेका छौँ । त्यसकारण देशभरिका सबै मजदुरहरुको सामाजिक सुरक्षाको ग्यारेन्टी गरिरहेका छौँ । त्यसैले नेपाल ट्रेड युनियन महासंघले आफ्नो महाधिवेशनमा सम्पुर्ण क्षेत्रका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षामा ल्याउने परिकल्पना गरेको पनि नेता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन का अध्यक्ष लक्ष्मण तिवारीले ज्याला,करार र कन्ट्र्याक को समस्याहरुलाई सुक्ष्म तरिकाले योजना बनाएर अगाडि बढाउनुपर्ने बताउँदै संगठनको स्थापना दिवसको अवसरमा सर्वोत्कृष्ट ट्रेड युनियनको पुरस्कार पाउने गोकर्ण फोरेष्ट रिसोर्ट र स्व.माधव न्यौपाने  स्मृति पुरस्कारले पुरस्कृत हुनेहरूलाई बधाई दिंदै कार्यक्रममा सहभागी हुनेहरूलाई धन्यवाद ग्यापन गर्नुभएको थियो ।                   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको