प्रदेशसभा प्रत्यक्षतर्फको पछिल्लो मत परिणाम,नेपाली काङ्ग्रेसको अग्रता


१० मंसिर,काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रदेशसभाको प्रत्यक्षतर्फ को मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

अहिलेसम्मको नतिजा अनुसार नेपाली काङ्ग्रेस १०३ सिट सहित सबैभन्दा अगाडि रहेको छ भने ४ स्थानमा अग्रता कायम गरिरहेको छ । त्यस्तै,८४ सिट सहित नेकपा (एमाले) दोस्रो स्थानमा रहेको छ । ६ स्थानमा एमालेको अग्रता रहेको छ । नेकपा (एमाले) भन्दा नेपाली काङ्ग्रेस १९ सिटले अग्रता कायम गर्दै पहिलो स्थनमा रहेको छ ।

संघीयताको जन्मदाता दावी गर्ने नेकपा (माओवादी केन्द्र) ५२ स्थानमा विजय हांसिल गर्दै प्रदेशसभातर्फ तेस्रो स्थान कायम गर्न सफल भएको छ । पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रको अग्रता शुन्य रहेको छ । १३ सिट सहित नेकपा (एकीकृत समाजवादी) चौथो स्थानमा रहेको छ भने उसले जम्मा १ स्थानमा अग्रता कायम गरिरहेको छ ।

स्वतन्त्रहरुले १२ स्थनमा विजय प्राप्त गर्न सफल भएका छन । त्यस्तै संघीयता विरोधी राष्ट्रिय प्राजातन्त्र पार्टी ११ स्थानमा निर्वाचन जित्न सफल भएको छ । जनता समाजवादी पार्टी,नेपाल ९ स्थानमा विजय प्राप्त गर्न सफल हुंदा एक स्थानमा अग्रता कायम गरिरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी ,नेपाल साईकल चुनाव चिन्हले ९ स्थानमा विजय प्राप्त गरेको छ । सिके राउत नेतृत्वको जनमत पार्टी ७ स्थनमा विजय हुंदा नागरिक उन्मुक्ति पार्टीले ५ सिट प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको