समानुपातिकतर्फबाट १० लाख मत कटाउंदै एमालेको अग्रता कायमै,घण्टी तेस्रो स्थानमा


९ मंसिर,काठमाण्डाै । नेकपा (एमाले) ले मतगणना प्राराम्भदेखिनै समानुपातिकतर्फ अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार अहिलेसम्म एमालेले १० लाख मत कटाएको छ । समानुपातिकतर्फको मतगणनामा सुरवातदेखि नै अग्रता लिइरहेको एमालेले १० लाख ५ सय ७४ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले ९ लाख ५२ हजार ९ सय ८ मत प्राप्त गर्दै दोस्रो स्थनमा रहेको छ भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ७५ हजार ६ सय २७ मतसहित  तेस्रो स्थानमा छ ।

त्यस्तै,अहिलेसम्मको प्राप्त मतको आधारमा (माओवादी केन्द्र) भने चौथो स्थनमा रहेको छ । उसले चार लाख ४० हजार ७ सय १६ मत पाएको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी दुई लाख ५४ हजार ३ सय ९३ मत सहित पाँचौँ स्थानमा रहेको छ। त्यस्तै,जनता समाजवादी पार्टीले १ लाख २७ हजार ९ सय ५५, जनमत पार्टीले ७५ हजार ८ सय १०, एकीकृत समाजवादी ७० हजार ७ सय ९४, नागरिक उन्मुक्ति पार्टीले ६९ हजार ९ सय ५१, नेपाल मजदुर किसान पार्टीले ५६ हजार ९ सय १ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५३ हजार २ सय ९१ मत ल्याउँदा हाम्रो नेपाली पार्टीले ३१ हजार ४ सय ९४ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले २७ हजार ७ सय ५ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १९ हजार ६ सय ८३ मत पाएको छ । 

अहिलेसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा (एमाले) पहिलो स्थानमै रहेको छ भने एमालेलाई नेपाली काङ्ग्रेसले पछ्याई रहेको छ । छोटो समयको बाबजुद निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थान कायम गर्दा प्रचण्ड नेतृत्वको (माओवादी केन्द्र) र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पछि परेका छन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको