४ मंसिर,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलाई पराजित गर्दै लमजुङबाट नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
उनले आफ्ना निकटतम प्रतिस्पर्र्धी नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १८८ मत अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य विजयी भएका हुन्।
निर्वाचित गुरुङले ३४ हजार ९६९ र निकटतम प्रतिस्पर्धी गुरुङले ३१ हजार ७८१ मत प्राप्त गरेका छन् । लमजुङमा कूल १ लाख ३३ हजार ५५९ मतदातामध्ये ८० हजार १९२ मत खसेको थियो।
खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३८४ मत बदर भएको छ । त्यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेर तेस्रो भएका छन्।
त्यस्तै,पराजित माओवादी महासचिव देव गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई बधाई दिएका छन् । पृथ्वीसुब्बा गुरुङ बसेकै होटलमा पुगेर देव गुरुङले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक
११ असोज,सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको
काठमाडौं, असोज ९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत