सिन्धुपाल्चोक १,एमालेका सरेश नेपाल निरन्तर अगाडि,गठबन्धनका माधव सापकोटा पछ्याउँदै


६ मंसिर,काठमाडौं । सिन्धुपाल्चोक १ मा नेकपा (एमाले) का उम्मेदवार सरेश नेपालले निरन्तर अग्रता कायम गरिरहेका छन भने गठबन्धनका माधव सापकोटा नेपाललाई पछ्याई रहेका छ्न ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १मा अहिलेसम्म ९,९३२ मत गणना हुंदा एमाले उम्मेदवार सरेश नेपालले ४,१४९ मत प्राप्त गर्दै निरन्तर अग्रता कायम गरेका हुन । त्यस्तै अग्नि सापकोटाको भतिजो एवं गठबन्धनको साझा उम्मेदवार माधव सापकोटा ३,७२२ मत सहित ४२७ मतान्तरले नेपाललाई पछ्याउँदै छन ।

नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचन लड्दै आएको यो क्षेत्रबाट गठबन्धनको लागि अग्नि सापकोटा,पुष्पकमल दाहाल र शेरबहादुर देउवाको दबाबको कारणले बस्नेतले यो पटक क्षेत्र नं २ बाट निर्वाचन लडेका छन भने पुर्व सभामुख अग्नि सापकोटाले आफ्नो भतिजो माधव सापकोटालाई टिकट दिलाउन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका