महिलाहरुलाई मतदान अधिकारबाट बन्चित गरिएको, नेपालको पहिलो निर्वाचन


नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री पद्म सम्शेर ले वि.सं. २००४ जेठ ३ गते गराएका थिए। यस अगाडि कुनै निर्वाचनको अनुभव नगरेको यस निर्वाचनमा महिला लाई मताधिकार थिएन। उपस्थित भएका पुरुष हरूले मत दिएर प्रतिनिधि छानिएको थियो। निर्वाचन आयोगले विसं २०७३ सालमा प्रकाशित गरेको नेपालको निर्वाचन इतिहास पुस्तकका अनुसार निर्वाचित म्युनिसिपलिटी खडा गर्ने उद्देश्यसहितको उक्त चुनाव हालसम्मकै ‘पहिलो र ऐतिहासिक निर्वाचन’ हो।

बालिग मताधिकारको आधारमा नेपालमा भएको पहिलो निर्वाचन वि.सं. २०१५ फागुन ७ मा भएको आम निर्वाचन हो। वि.सं. २००७ सालमा राणा शासन अन्त्य भएपछि वि.सं. २०१० भदौ १७ मा भएको काठमाडौ नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका थिए। सो निर्वाचनमा दुई तिहाई मत पाएर जनकमान श्रेष्ठ मेयर निर्वाचित भएका थिए।

वि.सं. २०१५ सालमा भएको आम निर्वाचनलाई पहिलो निर्वाचन मानिएको छ। बालिग मताधिकारको आधारमा नेपालमा हालसम्म भएका निर्वाचनहरु ।

राष्ट्रिय निर्वाचनहरू :
१,प्रतिनिधि सभा निर्वाचन २०१५
२,राष्ट्रिय जनमत सङ्ग्रह २०३६
३,राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन वि.सं. २०३८
४,राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन वि.सं. २०४३
५,राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन वि.सं. २०४३
६,राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन वि.सं. २०४३
७,प्रतिनिधि सभा निर्वाचन २०४८
८,उपनिर्वाचन सुनसरी-३ र काठमाडौँ-५
९,उपनिर्वाचन काठमाडौँ-१ र झापा-१
१०,प्रतिनिधि सभा निर्वाचन २०५१
११,उपनिर्वाचन सुनसरी-५, काठमाडौँ-१, रौतहट-२, रूपन्देही-२, बैतडी-१
१२,प्रतिनिधि सभा निर्वाचन २०५६
१३,संविधान सभा निर्वाचन २०६४
१४,उपनिर्वाचन मोरङ-५ र ७, धनुषा-५, कास्की-१, रोल्पा-२ कञ्चनपुर-४
१५,संविधान सभाको दोस्रो निर्वाचन २०७०
१६,उपनिर्वाचन काठमाडौँ २, चितवन ४, बर्दिया १ ,कैलाली ६
१७,सङ्घीय संसद तथा प्रदेश सभा निर्वाचन २०७४ (मंसीर १० गते र २० गते)
१७,प्रतिनिधि सभा निर्वाचन २०७४
१९,राष्ट्रिय सभा निर्वाचन २०७४
२०,प्रदेश सभा निर्वाचन, २०७४
२१,प्रदेश नं. १ प्रदेशसभा निर्वाचन, २०७४
२२,मधेश प्रदेश सभा निर्वाचन, २०७४
२३,बागमती प्रदेश सभा निर्वाचन, २०७४
२४,गण्डकी प्रदेश सभा निर्वाचन, २०७४
२५,लुम्बिनी प्रदेश सभा निर्वाचन, २०७४
२६,कर्णाली प्रदेश सभा निर्वाचन, २०७४
२७,सुदूरपश्चिम प्रदेश सभा निर्वाचन, २०७४
२८,प्रतिनिधि सभा निर्वाचन, २०७९
२९,प्रदेश सभा निर्वाचन, २०७९

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक