माओवादीले लियो अमानसिंह संग बदला,ब्यक्तिगत काममा हिंडेका उनका छोरामाथी सांघातिक हमला


३ मंसिर,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका,सिपापोखरेमा ब्यक्तिगत काममा हिंडेका निर्माण व्यवसायी एवं सिन्धुपाल्चोक क्षेत्र नं २ प्रदेश (क) का नेकपा (एमाले) उम्मेदवार अमानसिंह तामाङको छोरा छ्त्रसिंह तामाङमाथी सांघातिक हमला भएको छ ।

ब्यक्तिगत काममा हिंडेका तामङमाथी योजनावद्ध रुपमा बाटो छेकेर वाईसीएलका प्रलाद चौलागाई,दिपक न्यौपाने र रामकृष्ण न्यौपानेको नेतृत्वमा रहेको दर्जनौं माओवादी र काङ्ग्रेसका कार्यकर्ताहरूले बाटो छेकेर सांघातिक हमला गरेका हुन ।

‘अमानसिंह तामाङ एमाले भएसंगै यो क्षेत्रबाट एमाले प्रवेश गर्नेहरूको भिडले अतालिएका कुविण्डेको अग्नि सापकोटा दरबार र क्षेत्र नं २ प्रदेश (क) का गठबन्धनको उम्मेदवार युवाराज दुलाल तामाङ संग कसरी बदला लिने भन्ने योजनमा रहेको र ब्यक्तिगत काममा आएका उनका छोरा छत्रसिंह तामाङमाथी मौन अवधिमा गाउँ छिरेको बाहाना बानाएर सांघातिक आक्रमण गरेर माओवादीहरुले तामाङ एमालेमा गएको बदला लिएको स्थानीयहरुले बताएका छन ।’

‘छात्रसिंह तामाङ निर्माण व्यवसायी भएकोले र आफ्नो काममा हिंडेकोले उनको गाडीमा चेक बुक हुनु र साथमा केही पैसा हुनु कुनै अनौठो कुरा होईन । पैसा बांड्दै गरेको अवस्था भए रङ्गेहात पक्राउ गरिनु पर्थ्यो हिंडिरहेको ठाउँमा दुइतिरबाट मोटरसाइकलले बाटो छेकेर,अपशब्दहरु बोलेर आक्रमण भएको छ । यो घटना चुनाव हार्ने डरले गठबन्धन र माओवादीहरुले सुन्योजित षड्यन्त्र गरेको नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटी उपसचिब चिरण तामाङले बताए ।’

त्यस्तै नेकपा (एमाले) का नेता बालकृष्ण देउजाले सिन्धुपाल्चाेकमा केही ब्यक्तिहरूले आज गरेकाे अशाेभनिय ब्यबहार प्रति दुख लागेकाे बताउंदै,निर्माण ब्यवसायी छत्र तमाङ माथि उच्छृखल ब्यक्तिहरूले गाडिकाे सिसा फाेड्ने,हातपात गर्ने र अश्लिल शब्द प्रयाेग गर्ने जस्ताे कार्य गरेकाले उक्त कार्यकाे निन्दा गर्दै दोषिहरुमाथि कडा कार्वाहीको माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको