मानव तस्कर राजनीति र फ्री भिसा फ्री टिकट गरिब झुक्याउने नाटक

नेपाली युवाहरूलाई बिश्वका श्रम बजारहरुमा बिक्री गर्नको निमित्त वैदेशिक रोजगार बिभागले स्थापित गरेको फ्री भिसा फ्री टिकटको सरकारी बिज्ञापनलाई पछिल्लो समय उच्च पदस्थ ब्यक्ति,राजनीतिक पार्टी र तिनका नेताहरूले चुनावी नारानै बनाए साएद अर्को निर्वाचन बाट फ्री भिसा,फ्री टिकट लाई चुनावी घोषणा पत्रमा पनि समेट्ने छन ।

पछिल्लो समय फ्री भिसा फ्री टिकट राजनीति गर्नेहरूको गरिब झुक्याउने नाटक हुन थालेको छ । गत स्थानीय निर्वाचनताका प्रधानमन्त्री पत्नी आर्जु राणा देउवाले डडेल्धुरा पुगेर त्यहाँका मतदाताहरुलाई फ्री भिसा फ्री टिकटको लालिपप चखाईन भने केही दिन अगाडी आगामी निर्वाचनको प्रचारप्रसारको क्रममा बारा क्षेत्र नं २ का उम्मेदवार कृष्ण कुमार श्रेष्ठले एक चुनावी सभामा बोल्ने क्रममा आफुलाई भोट हाल्नेहरुलाई फ्री भिसा फ्री टिकटमा बिदेश लैजाने घोषणा गरे त्यस्तै रौतहटको एउटा चुनावी सभामा भाषण गर्ने क्रममा पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत  समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुलाई भोट हाल्नेलाई पनि फ्री भिसा फ्री टिकटमा बिदेश लैजाने प्रलोभन देखाए ।

उसोत श्रम स्वीकृत लिएर बिदेश पठाउने अनुमती सरकारले मेनपावरहरुलाई प्रदान गरेको छ । अधिकाङ्स मेनपावरहरु  राजनीतिक पार्टीका नेताकार्यकर्ता वा पार्टीहरुको संरक्षणमा संचालित छ्न । मेनपावरका बिचौलियाहरु समेत ९० प्रतिशत दलका कार्यकर्ताहरु हुने गरेको पाइएको छ । फ्री भिसा फ्री टिकटको अभिलाषा यही रितले कहिले पनि पुरा हुनेछैन । सोझासाझा श्रम बेच्न परदेशिने नेपालीहरु बाट बिचौलिया र मेनपावरका संचालकहरुको मनग्य आम्दानी फ्री भिसा फ्री टिकट मार्फत लुट मच्चाउंदा मात्र हुनेगर्छ ।

हिजो गोर्खा भर्ती केन्द्रको नाममा फौजी बनाएर नेपाली युवाहरूलाई बेच्ने सम्राज्यवादी नीति पछिल्लो समय हरियो पासपोर्टमा रुपान्तरण भएको छ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने कामदारको संख्या साढे ४४ लाखभन्दा बढी पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपानीको संख्या ४४ लाख ६६ हजार ९७३ रहेको छ ।सो अवधिसम्ममा वैदेशिक रोजगारीमा जानेमध्ये पुरुषको संख्या ४२ लाख ४८ हजार ५२७ रहेको छ भने महिलाको संख्या २१ लाख १८ हजार ४२६ रहेको छ । त्यस्तै श्रम स्वीकृति बिनानै परदेशिने नेपालीको संख्या श्रम स्वीकृत लिएर जाने बराबर छ भनिएको छ । त्यसमा सबैभन्दा बढी जनसंख्या २० देखी ४० बर्ष भित्रका युवहरु पर्दछन ।

देशभित्र उद्योग धन्दा नखोल्ने । खुलेका उद्योगधन्दा कलकारखाना बन्द गर्ने र रेमिट्यान्सलाई मुलुकको आम्दानीको मुख्य स्रोत मानेर देश कसरी समृद्ध हुन सक्छ  ? ८० प्रतिशत कृषिमा आश्रीत जनसंख्या भएको देशमा कृषिमा आत्मनिर्भरता र परिश्रमको मुल्यमा आत्मसम्मान प्राप्त गर्न सक्ने स्थिति कहिले पैदा हुन्छ ? भएका उत्पादनले बजार नपाउने बिचौलियाहरुको हालिमुहालित छंदै छ । राजनीतिक कारणले,सामाजिक कारणले र बेरोजगारीको कारणले शारीरिक र मानसिक रुपमा थिलो-थिलो भएका युवाहरूलाई देशभित्रै रोजगारीको साटो फ्री भिसा फ्री टिकटमा बिदेश पठाउनुनै हाम्रो राजनीतिक व्यवस्थाले दिएको महत्त्वपूर्ण उपलब्धि हो त ? आधुनिक विश्वमा एक देशबाट अर्को देशमा रोजगारी र उद्योगको निमित्त जानै नहुने भन्ने होइन तर बहुसंख्यक युवाहरू इच्छा विपरीत बाध्यताकै कारण बिदेश गइरहेका छन भने सरदर २४ घण्टामा बाकसमा प्याक भएर आउने तीन जना भन्दा बढी नेपालीहरुको हृदविदारक स्थिति देशले बेहोरिरहेको छ अझ कार्यस्थलमा घाइते र अङ्गभङ्ग हुनेहरूको अवस्था झनै कहालीलाग्दो रहेको छ ।

वैदेशिक रोजगारीले हामिलाई रेमिट्यान्स मात्र दिइरहेको छैन यसले ठुलो सामाजिक वियोग पनि प्रदान गरिरहेको छ । अझ दुखदायी अवस्था भनेको नेपाली युवाहरूको २० देखि ४० वर्षभित्रको उर्जामय समय निश्चिति पैसाको लागि परदेशी भुमिमा गुजार्न वाध्य छन । यदि देशभित्रै श्रम,रोजागरीको  अवसर हुनेथियो भने उसले तेस्रो मुलुकमा कमाउने भन्दा बढी आफ्नो देशका लागि गर्न सक्थ्यो यसबारे समकालीन राजनीतिको सोच्ने सम्म फुर्सद छैन । बरु देश बिदेशीयका युवाहरूको रेमिट्यान्सले चलेको छ भनेर लाजै नमानी भाषण गर्ने र मलाई भोट हाल फ्री भिसा फ्री टिकटमा बिदेश पठाइदिन्छु भन्ने राजनीतिक नेतृत्व रहुन्जेल कसरी देश समृद्ध बन्ला ? संस्कृति,सभ्यता,मौलिकता र इतिहासलाई बिर्सिएर डांडाकाडामा डोजर दौडाउनु र सडक बनाउनुलाइ मात्र विकास मान्ने र सांच्चिकै देश बनाउने २० देखि ४० वर्षभित्रका उर्जामय र होनहार जनशक्ति बिदेश निर्यात गरेर देश समृद्ध बन्छ ?

हामी अझै पनि अर्ध सामन्ती,अर्ध औपनिवेशिक चपेटा र अस्थिर राजनीतिका कारण निम्नपुंजीवादी चितनधाराले ग्रसित युगमा रहेका छौं । हाम्रो मौलिकता लोप हुँदै जानू र भौतिकवादी कुइरोको काग हुनुले पनि यसमा असर गरेको छ।  त्यसैले हामिलाई अहिलेको लागि भए पुगेको छ । तर हामी पुनर्जन्ममा विश्वास गर्छौं यो जन्मको पाप पुण्यको आधारमा पुनर्जन्म निर्धारण हुन्छ हामीले यो सत्य भुलिरहेका छौँ । त्यसकारण हामीले दु:ख पाइरहेका छौँ । हामीले परदेश पुगेर कमाएको देखेक छौं तर देशको सम्पुर्ण दक्ष जनशक्ति बांकी नराखेको देखेका छैनौं । अनि समकालीन राजनीति आफ्नो अस्तित्व बेच्नुलाई,अस्मिता बेच्नुलाई,स्वत्व बेच्नुलाई,स्वतन्त्रता बेच्नुलाई र स्वाभिमान बेच्नुलाई गौरव ठानिरहेको छ र भनिनरहेकोछ “मलाई भोट हाल,बिना ढेवाके भिसा मिलते हैं, टिकट मिलते हैं … ” ।

‘शिक्षा विकारे सकल विकार, शिक्षा सुधारे सकल सुधार’ भन्ने हाम्रो मान्यता रहेको छ । तर अहिले ११/१२ पढ्ने बहुसंख्यक विद्यार्थीहरुको उच्च शिक्षा तथ उज्ज्वल भबिस्यको लागि दोस्रो  मुलुकनै गन्तव्य हुने गर्छ । घोषणापत्र र भाषणमा शिक्षामा क्रान्ति ल्याउने गफ ठोक्ने शैक्षिक ब्यापारीहरुनै सांसद मन्त्री हुन्छन र उनले आफ्नो व्यापार अनुरुपको कानुन बनाउंछ्न । अनि बिदेशीको गुलाम बनेर सलाम गर्नुपर्ने दक्ष जनशक्ति उत्पादन गर्ने र १२ कक्षा पड्न बित्तिकै उच्च शिक्षाको लागि बिदेश हिंड्ने युवाहरूको संख्या पनि कम छैन । अनि हाम्रा विद्यालय र विश्वविद्यालय किन खोलिएका ? के शिक्षामा क्रान्ति ल्याउने बाढी पांच वर्षमा एकपटक आउने अनि फेरि पांच वर्षको लाई शान्त हुने र फेरि निर्वाचन आउँदा मात्र आउने हो ? अन्यथा शिक्षामा ठूलो सुधार नगरिकन देश समृद्ध नबन्ला । हाम्रो शिक्षा स्वदेशी शिक्षा होईन ०२८ मा बनेको लर्ड मेकालेको शिक्षा नितिले हाम्रो राष्ट्रका भबिस्य बर्बाद बनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार उच्च शिक्षाको लागि अर्को मुलुक जाने विद्यार्थीको संख्या ५० लाख पुगिसकेको छ । अध्यायनको लागि गएका बहुसंख्यक विद्यार्थीहरु आफ्नो अध्यन पूरा गरेर स्वदेश फर्कनै मान्ने स्थिति छैन । त्यो पुस्ता स्वदेशमा कुनै भविस्य नदेखेर आफ्नो प्राणभन्दा प्यारो देश छोडेर रुंदै-रुंदै परदेश गएको पुस्ता हो । श्रम स्वीकृत लिएर ओर्किङ भिसामा विश्वका विभिन्न मुलुक पुगेका नेपाली युवाहरूको अवस्था झनै कहालीलाग्दो छ । पराई मुलुकमा संस्कृति ,भाषा,भुगोल जस्ता समस्यात छंदैछ त्यसमाथिपनी स्वदेशमा मेनपावर कम्पनिले गराएको करार सम्झौता अनुसारको काम नपाउंदा परदेश पुगेर पनि बेरोजगार बस्नुपर्ने र बांच्नकै लागि झन ठुलो संघर्ष गर्नुपर्ने अवस्था छ । नेपालको श्रम मन्त्री ती देशमा पुगे भने नेपाली दिदिबहिनी नाचेको नाच हेरेर आफ्ना मान्छेहरूको लागि कोटा लिएर फर्कने गरेको खबरहरु सुनिने गरेका छ्न । त्यस्तै राजदुतहरुत ती देशका मेनपावर एजेन्सीहरुको कर्मचारीनै हुने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा

लोकतन्त्रको स्थायित्वका लागि एमाले–काँग्रेसको सहकार्य: महासचिव पोखरेल

साउन १५, । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको