१ मंसिर, हेटौंडा,नेकपा (मालेमा केन्द्र) ले लिएको आगामी संसदीय तथा प्रदेशसभाको निर्वाचन बहिष्कारको निति यथावत रहेको जानकारी गराएको छ ।
पार्टीबाट निस्कासनमा परिसकेका केही ब्यक्तिहरुले पार्टीको नामबाट ब्याक भोटको प्रचार गरेको प्रती गम्भीर आपत्ति पनि जनाएको छ ।
नेकपा (मालेमा केन्द्र ) को १३-१४ भाद्र २०७९ मा हेटौंडामा सम्पन्न विशेष राष्ट्रिय भेलाले तत्कालीन अध्यक्ष क. लक्ष्मण उप्रेतीलाई पार्टीबाट निस्कासन गरि क. समीर मण्डलको नेतृत्वमा पार्टी पूनर्गठन गरेको कुरा यस अघि नै सार्वजनिक भैसकेको जानकारी दिंदै विशेष राष्ट्रिय भेलाले उपाध्यक्षमा केदार चौलागाईं, महासचिवमा क. नाम्गेल मोक्तान, उपमहासचिवमा क. नारद पाण्डे, सचिवमा क. उद्धव श्रेष्ठ लगायत ३३ सदस्यीय केन्द्रीय समिति निर्माण गरिसकेको छ ।
पार्टीले क्रान्तिकारी धूर्बीकरणलाई जोड दिदै पार्टीभित्रको अराजनीतिक र अवसरवादी प्रवृत्तिलाई निरुत्साहित गर्ने निर्णय समेत गरेको छ अध्यक्ष समीर मण्डलले बताए । यहि कार्तिक २५-२६ मा बसेको केन्द्रीय समिति बैठकले पार्टीको क्रान्तिकारी विचारलाई स्थापित गर्दै आगामी मंसिर-४ को निर्वाचन सक्रिय बहिस्कार गर्ने निर्णय समेत गरेको छ ।
पार्टीको नामबाट केही अवाञ्छित व्यक्तिहरुले ब्यक भोट भनेर जनतालाई भ्रमित पार्ने र परोक्षरुपले प्रतिक्रियावादीलाई नै सघाउने चलखेल भएकाले त्यस्तो भ्रमपूर्ण प्रचारको पछि नलागि एकल वा संयुक्तरुपमा सशक्त बहिस्कारलाई सार्थक बनाउन पार्टीका आम नेता, कार्यकर्ता र सदस्यहरुलाई अपिल गरेको छ ।
असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक
११ असोज,सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत
५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले
काठमाडौँ, असोज ५ गते । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र