चुनावपछि सरकारमा को जाने, प्रधानमन्त्री कसले खाने ?


नेता हुनका लागि धेरै गुण चाहिन्छ । नेताको मन जहिले पनि फराकिलो हुनुपर्छ । सच्चा नेता कहिले पनि पद र पैसाको दौडिँदैन् । नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई राजाले प्रधानमन्त्री खाऊँभन्दा पनि उनले त्याग गरेको सबै जनतालाई स्मरण नै छ । उनले म प्रधानमन्त्री खाँदिन, पदबिनै जनताका लागि काम गर्छु भनेका थिए । मरेर गएपनि अहिले जुनसुकै पार्टीका नेताले गणेशमानलाई राम्रो नेता भन्छन् ।
बाबु त्यागी भएपनि छोरा प्रकाशमान ठ्याक्कै त्यसको उल्टो स्वभावका छन् । राजनीतिक परिवर्तन गर्नका लागि गणेशमान जेल गए, थुप्रै यातना भोगे, भूमिगत गए । बुवाले गरेको लगानीलाई अस्त्र बनाएर यतिखेर प्रकाशमानले ब्याज खाने भाँडो बनाएका छन् । बुवाको नाम बेचेर उनले राजनीति गर्दै आइरहेका छन् । कहिले बुवाको नाम लिएर पार्टीको सभापति लड्ने ।
मेरो बुवाको नामले पनि कांग्रेसका कार्यकर्ताले मलाई भोट दिन्छन् भनेर सभापतिमा होमिने । सय भोटमा सीमित भएपछि पार्टी सभापति शेरबहादुर देउवाकै शरणमा पुग्ने । बुवाकै नाम लिएर श्रीमती सिर्जनालाई काठमाडौंको मेयरमा उठाउने । काठमाडौंका जनताले चिन्दै नचिनेको, राजनीतिमा लाग्दै नलागेका व्यक्तिलाई काठमाडौंको मेयरमा उठाइयो । प्रकाशमानको दबाबमा परेर सिर्जनाले टिकट पाइन्, अन्ततः हार नै खेप्नुपर्यो ।
उनले म गणेशमानको बुहारी भनेर भोट मागिन् । मैले घर राम्ररी चलाए, अब महानगरपालिका चलाउँछु भनिन् । तर, काठमाडौंबासीले पत्याउँदै पत्याएनन् । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमानले तीनचोटि चुनाव जितिसकेका छन् । २०६४, २०७०२०७४ को चुनावमा उनले बाजी मारेका थिए । आसन्न चुनावमा पनि कांग्रेसबाट उनी नै उम्मेदवार छन् ।
तर, तीनपटक चुनाव जित्दा पनि क्षेत्र नम्बर १ को विकास त्यति राम्रो छैन् । प्रकाशमानले सिन्कोसमेत नभाँचेको यहाँका स्थानीयबासीहरुको गुनासो छ । पार्टीमा जहिले पनि गुट बनाउने अनि पदको लागि बार्गेनिङ गर्ने । अनि आफ्नो क्षेत्रमा आएको बजेटमा रजाँइ गर्ने । क्षेत्र नम्बर १ मा भएका सरकारी सम्पत्ति जोगाउन कुनै चासो नदेखाउने । उक्त क्षेत्रमा भएका गुठीका जग्गा, ताल, पोखरी, सार्वजनिक जग्गा, ढुंगेधारा, चौतारा, पार्टीपौवा सबै व्यक्तिको नाममा गइसकेको छ ।
सो खोजतलास गर्नतर्फ पनि उनको ध्यान गएन् । यो क्षेत्रका जनताहरुको भनाइअनुसार यो चुनावमा प्रकाशमानलाई गार्‍हो  छ । उनको विगतका काम हेरेर स्थानीयबासीले उनलाई मत दिने छैनन् । प्रकाशमानले तपाईहरु मलाई भोट दिएर चुनेर पठाउनुहोस्, अब प्रधानमन्त्री बन्ने पालो मेरो हो भन्दै भोट मागिरहेका छन् । यता, काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा पनि सोही कुरा बताउँदै आएका छन् ।
मंसिर ४ गतेपछिको पहिलो प्रधानमन्त्री मै हो भन्दै गगन घरदैलो पुगेका छन् । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावपछि देशको प्रधानमन्त्री शेरबहादुर देउवा हो भनिसकेका छन् । यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्री बन्ने इच्छा देखाएका छन् । देउवासंग भेटवार्ता गरेर उनले पाँच वर्षको कार्यकालमा आधाआधा प्रधानमन्त्री खाने कुरा राखिसकेका छन् ।
कांग्रेसभित्र देउवाको बहुमत छ । अहिलेको चुनावमा पनि देउवा पक्षका उम्मेदवार बढी छन् । कांग्रेसले एकल बहुमत ल्याउँदैन भन्ने त सबैलाई थाहा छ । माओवादीको सहयोगबिना सरकार बन्न असम्भव छ । गगन डा.शेखर कोइरालाको गुटको मान्छे हुन् । शेखरको गुटले अहिले कति क्षेत्रमा टिकट पाएका छन् ? यो जनता र कांग्रेस पार्टीलाई थाहा छ । क्षेत्र नम्बर ४ बाट चुनाव हार्ने भएपछि गगनले यो रणनीति अप्नाएको बुझिन्छ ।
उनले चुनाव जितेपनि अर्को २० वर्ष उनी प्रधानमन्त्री हुन पाँउदैनन् । यसअघि पनि विभिन्न आश्वासन दिलाएर भ्रममा पारेर उनले चुनाव जितेका हुन् । योचोटि जनतालाई झुक्याउने गाह्रो पर्ने भएपछि उनले प्रधानमन्त्रीको कार्ड फालेका हुन् । प्रकाशमान गुण्डा पाल्ने मान्छे हो, गगन आफैं गुण्डा हुन् । उनले गुण्डाको भरमा राजनीति गरेका हुन् । गगनसंग राजनीति गर्ने क्षमता पनि छैन् ।
राजनीति गर्न धैर्यता, नम्रतालगायतका गुणहरु आवश्यक छ । जुन उनीमा अलिकति पनि छैन् । कसैलाई गाली गर्नुपर्यो भने आँखा चिम्लेर गाली गर्छन् । मिडियाबाजी गरेर गगन अगाडि आए । तर, उनी कस्ता व्यक्ति हुन् भनेर मिडियाले खोजतलास गरेन् । उनको भित्री तथ्य खोताल्न कोही पनि सफल भएन् । मिडियामा जे आयो, जनताले त्यही पत्याए । देखाउने र चपाउने दाँत छुट्टाछुट्टै भएका व्यक्तिको आनीबानी पनि त्यस्तै हुन्छ । 
गगन माओवादीको ‘खुंखार’ विरोधी हुन् । हिजो उनले माओवादीको धजिया उडाएका थिए । माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीप्रति आस्था राख्ने व्यक्तिले उनलाई भोट दिँदैनन् । माओवादीलाई सिद्धयाउने पनि गगन नै हुन् । यो क्षेत्रका जनतालाई विभिन्न प्रलोभन देखाएर, पैसा बाँडेर गगनले चुनाव जितेछन् भनेपनि प्रचण्डले उनलाई कुनै हालतमा प्रधानमन्त्री बन्न दिँदैनन् ।
राजनीति र कुटनीतिमा प्रचण्डको अगाडि गगन बच्चा हुन् । आफूमाथि आउनका लागि जतिबेला पनि प्रचण्डलाई चुनौती दिन्थे । प्रचण्ड जुन क्षेत्रबाट चुनाव लड्छ, म त्यहीबाट चुनाव लड्छु भनेर गगन भाषण दिइहाल्थे । उनी जहिले पनि प्रचण्डको विरोध गर्थे र मिडियाले पनि यही विषयलाई हाइलाइट बनाउथ्यो । प्रचण्डको दउरा समातेर गगन यहाँसम्म आइपुगेका हुन् ।
प्रचण्डले मुटुमाथि ढुंगा राखेर केही भनेका छैनन् । उनी धैर्यताका साथ हिँडेका छन् । हिजो माओवादी टुक्राटुक्रा बनाउन पनि गगनको ठूलो हात छ । प्रचण्डको जालमा नेकपा एमाले त फस्यो । एमाले टुक्राटुक्रा बन्यो, केपी शर्मा ओली, महेश बस्नेत, शंकर पोखरेल, गोकुल बाँस्कोटा एकातिर झलनाथ खनाल, माधव नेपाल अर्कोतिर । एमालेसंग प्रचण्डले बदला पूरा गरिसकेका छन् ।
आफूमाथि लागेको चोटमा उनले आधा मल्हम लगाइसकेका छन् । अब पालो कांग्रेसको । मंसिर ४ पछि कि देउवा र प्रचण्डले आधाआधा प्रधानमन्त्री खाने सहमति हुन्छ । गगनले प्रधानमन्त्री सुघ्न पनि पाँउदैनन् । कि त कांग्रेस टुंक्राटुक्रा हुन्छ । गगनले निहुँ खोजेपनि प्रचण्डको भनाइमा आएर देउवाले कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई हटाइदिन्छन् ।
हिजो एमाले र माओवादी एक हुँदाखेरि प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरेको त कसैले बिर्सिएका छैनन् । ओलीलाई त नछोडेकाले गगनलाई बाँकी राख्छन् ? गगनको राजनीतिको डोरो प्रचण्डको हातमा छ । हिजोजस्तो दबाब दिन्छु, पार्टीका नेता कार्यकर्तालाई घुँडा टेकाउँछु भनेर गगनले नसोच्दा नै बेस हुन्छ । किन कि कांग्रेस एक्लैले सरकार चलाउन सक्दैन् ।
माओवादीको सहारा चाहिन्छ । माओवादीले गगनलाई अघि बढ्न दिँदैनन् । कांग्रेस माओवादीकरण भइसकेको छ । कांग्रेसको सिद्धान्त र विचार माओवादीले सखाप पारिदियो । पार्टी कार्यालयमा गिरिजाप्रकाश कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइरालालगायत अन्य कांग्रेसका नेताको फोटो हटाएर प्रचण्डको फोटो राख्दा राम्रो होला ।
देशको राजनीति शक्ति प्रचण्डको हातमा गएको छ । प्रचण्डले जे भन्छन्, त्यही हुन्छ । देउवा, रामचन्द्र पौडेल, गगन, प्रकाशमानलगायत अन्य कांग्रेसी नेता पदका लागि प्रचण्डको शरणमा जाने दिन आयो । प्रचण्ड इतिहास बिर्सिएझै गरी बसिरहेका छन् । हिजो माओवादी नेताहरुको टाउकोको मूल्य ५० लाख राख्ने देउवा नै हुन् । देउवाको घोषणालाई पैतालामुनि राखेर प्रचण्ड हिँडिरहेका छन् ।
कांग्रेसलाई सिद्धयाएर आफुमाथि जानका लागि प्रचण्डले रणनीति बनाए । हिजो एमालेको नेताहरुको नारी छाम्यो अब पालो कांग्रेसीको । एमाले र कांग्रेसले अब प्रचण्डको शरणमा आउनुपर्छ । चुनावपछि कांग्रेस फुटेर चार टुक्रा हुन्छ । एमाले पनि थप टुक्रामा विभाजित हुन्छ । एमालेले आफ्नो धेरै क्षेत्रबाट हात धुँदै छ । जसको कारण एमाले पनि टुक्रिन्छ । घुमाइघुमाइ एमाले र कांग्रेसलाई प्रचण्डले सिद्धयाइदियो । राजनीति र कुटनीतिमा प्रचण्डमा कसैले भ्याउँदैन् । प्रचण्ड सबैको गुरु हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा

लोकतन्त्रको स्थायित्वका लागि एमाले–काँग्रेसको सहकार्य: महासचिव पोखरेल

साउन १५, । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको