दधिकोटमा महेश बस्नेतको घरदैलो,जेष्ठ नागरिकहरुले भने विजय भवतु,(तस्बिरहरु)


२० कार्तिक,भक्तपुर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि भक्तपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार,पुर्व मन्त्री एवं एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आज सांझपखको घरदैलो दधिकोटमा सम्पन्न गर्नुभएको छ ।

भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) मा पर्ने सुर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बस्नेत सहित प्रदेश (क) का उम्मेदवार किरण थापा र समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ लाई चोक-चोकमा स्वागत गर्न बसेका जेष्ठ नागरिकहरुले’विजय भवतु’भन्दै आशीर्वाद दिएका थिए ।

ग्लोबल गेटबाट शुरु भएर दक्षिणबाराही,ल कलेज हुँदै हिन्चोक भैरव बाट गाम्चा हुँदै तर्खगालमा पुगेर सम्पन्न भएको घरदैलोमा युवहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने महिला तथा जेष्ठ नागरिकहरू समेत ‘मङ्सिर चार ओलि सरकार’ भन्दै झण्डा बोकेर घरदैलो अभियानमा सहभागी भएका थिए । त्यस्तै,प्रत्येक चोक-चोकमा स्थानीय मतदाताहरुले रोकेर फुल मालले अभिनन्दन गर्दै आ-आफ्नो टोलमा स्वागत गरेका थिए । घण्टौं माला लिएर उभिएर उम्मेदवार बस्नेतलाई स्वागत गर्न प्रतीक्षा गरिरहेका जेष्ठ नागरिकहरुको प्रतीक्षा तथा खादा मालाले अभिनन्दन गरिसकेकपछी”विजय भवतु” भन्दै आशीर्वाद दिएको दृश्य कार्यक्रमको मुख्य आकर्षण रहेको थियो ।

‘घरदैलो कार्यक्रमको आयोजक एवं नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटी सदस्य सहदेव न्यौपानेले भन्नुभयो’महेश बस्नेत भनेको आधुनिक भक्तपुरको निर्माता हो । पांच वर्ष अगाडिको भक्तपुरलाई सम्झंदा अहिलेको भक्तपुर आधुनिक भक्तपुरनै हो । त्यसैले आधुनिक भक्तपुरको सपना साकार बनाउन नेता बस्नेत सहितको टिमको लागि सुर्यविनायक वडा नं. ४ दधिकोटबाट ८० प्रतिशत मत खस्ने नेता न्यौपानेले बताउनुभयो ।’

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य निर्मल कुमार भट्टराई, बागमती प्रदेश सदस्य शशी जंग थापा, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा, जिल्ला तहका नेता,जनवर्गीय संगठनका नेता तथा  कार्यकर्ता एवं स्थानीय सर्वसाधारण हरुको भब्य उपस्थिति रहेको थियो ।         

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको