महेश बस्नेतको घरदैलो,बालकोटका मतदाताले गरे भब्य स्वागत


१८ कार्तिक,भक्तपुर । नेकपा (एमाले) पोलिटब्युरो सदस्य,पुर्व मन्त्री एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतलाई बालकोटका मतदाताले भब्य स्वागत गरेका छन ।

नेपाली मन,Vote for sun भन्दै नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी सूर्यविनायक नगरपालिका वडा नं ३ बालकोट द्वारा आयोजित घरदैलो कार्यक्रममा बालकोटबासीले क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेत,क्षेत्र नं. २ प्रदेश(क) का उम्मेदवार किरण थापा र प्रदेश तर्फको समानुपातिक उम्मेदवार शकुन्तला श्रेष्ठलाई भब्य स्वागत गरेका हुन ।

नयाँ बस्तीको स्थानीय शिवालय बाट शुरु भएको घरदैलो सुर्यविनायक नगरपालिका वडा नं. ३ को सम्पुर्ण क्षेत्र परिक्रमा गरि सम्पन्न भएको थियो । जनताले विकासप्रेमी आफ्ना नेता महेश बस्नेत सहितको सम्पुर्ण टिमलाई न्यानो स्वागत गरेका थिए ।

‘महेश दाइ युवाहरूलाई माथी उठाउनको निमित्त जोस,जांगर र प्रोत्साहित गर्नुहुन्छ । अरुले भन्दा विकास निर्माणको काम महेश बस्नेतलेनै गर्नुभएको हो । आजको भक्तपुर उहाँलेनै बनाउनुभएको हो । हिजोको योगदान,अनुभव र बांकी काम पुरा गर्दै आधुनिक भक्तपुर निर्माण गर्नको निमित्त नेता बस्नेतलाई मतदान गर्न आफुहरु आतुर रहेको ब्याचलर अध्यनरत स्थानीय विद्यार्थी प्रकाश भण्डारीले बताए।’

घरदैलो कार्यक्रममा एमाले नेता शसिजङ्ग थापा,एमाले भक्तपुरका अध्यक्ष वचन देउजा लगाएतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस