आचारसंहिताको पालना गर्दै महेश बस्नेतको दोस्रो दिनको घरदैलो जारी,बस्नेतलाई जिताउन जनता आतुर


१८ असोज,भक्तपुर । नेकपा एमालेका पोलिटब्युरो सदस्य,पुर्व मन्त्री तथा भक्तपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतको दोस्रो दिनको बिहानीपखको घरदैलो मध्यपुर थिमी नगरपालिका वड नं. ६ का जनताको अपार माया र स्नेहको बिचबाट शुरु भएको छ ।

निर्वाचन आयोगको आचारसंहितालाई पुर्ण रुपमा पालना गर्दै बिहान ७ बजे वडा नं. ६ को बाखा बजारबाट शुरुभएको घरदैलोमा भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेश (ख) का उम्मेदवार चन्द कृष्ण श्रेष्ठ,समानुपातिक उम्मेदवार शकुन्तला श्रेष्ठ,एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई,एमाले भक्तपुरका अध्यक्ष वचन देउजा लगाएतको बिशेश उपस्थिति रहेको छ ।

‘भक्तपुरको आधुनिक विकासको संवाहकको रुपमा चर्चित युवा नेता महेश बस्नेतलाई बिजय गराउन थिमिका सम्पुर्ण जनता दत्तचित्त भएर लागिरहेको र सम्पुर्ण युवा,ब्यापारी,बुद्धिजीवी,शिक्षक,विद्यार्थी देखि जेष्ठ नागरिक सम्म आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा युवा नेता महेश बस्नेत र मध्यपुर थिमीका शिक्षा र स्वास्थ्य क्षेत्रका प्रणेता चन्दन कृष्ण श्रेष्ठ तथा नेकपा एमालेलाई मतदान गर्न आतुर रहेको वडा नं. ६ का स्थानीय युवा मन्जिल श्रेष्ठले बताए।’

बिहान मध्यपुर थिमि नगरपालिका प्रदेश (ख) र दिउँसो सुर्यविनायक नगरपालिका प्रदेश (क) मा घरदैलो अभियान संचालन गर्ने पार्टीको तालिकाअनुसार घरदैलो संचालन भइरहेको एमाले केन्द्रीय सदस्य निर्मल भट्टराईले बताउनुभयो । मध्यपुर थिमीको वडा नं.६ का सम्पुर्ण घर र बस्तिहरु परिक्रमा गरेर बिहानीपखको घरदैलो सकिने र पुनः २ बजेबाट प्रदेश (क) सुर्यविनायक नगरपालिका वडा नं. ३ मा घरदैलो सुरु हुने नेता भट्टराईले बताउनुभयो ।           

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा