स्वतन्त्र उम्मेदवार कासिछवाको प्रतिवद्धता,विकासको तिब्र चाहाना पूरा गर्न उम्मेदवारी दिएको उदघोष


१५ कार्तिक,भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) बाट आसन्न मङ्सिर ४ गते हुने निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका समाजसेवी श्रीभक्त कासिछ्वाले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

मङ्गलवार कमलविनायक स्थित होटल यचुमा एक समारोहका बिच उहाँले आसन्न निर्वाचनको लागि आफ्नो प्रतिवद्धता सार्वजनिक गर्नुभएको हो ।

स्वतन्त्र उम्मेदवार कासिछवाले आफ्नो प्रतिवद्धता पत्रमा शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,खानेपानी,भौतिक पुर्वाधार तथा सडक संजाल र खेलकुद क्षेत्रलाई मुख्य एजेन्डा बनाउनु भएको छ ।               

प्रतिवद्धता सार्वजनिक गर्दै समाजसेवी तथा भक्तपुर १ प्रदेश (क) का स्वतन्त्र उम्मेदवार कासिछवाले यस क्षेत्र ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले ज्यादै महत्वपूर्ण भएपनी विकास निर्माणको दृष्टिले संधै ओझेलमा परेको छ । विगतमा निर्वाचित जनप्रतिनिधिले आश्वासन बांढ्ने काम मात्र गरे । दिएका आश्वासन पूरा गर्ने काम भएन”खोला तर्‍यो लौरो बिर्सियो” भनेजस्तै चुनाव जितेपछि आफ्ना वाचाहरु भुल्ने र मतदान गरि पठाउने जनतालाई सुख दु:खमा साथ नदिने प्रवृत्ती यथावत कायम रहेकाले विकासको तिब्र चाहानालाई पूरा गर्न स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।

अरुले जस्तो कुरा मात्र होईन काम गरेर देखाउन उम्मेदवारी दिएको जनाउंदै आफ्नो प्रदेशका विद्यालय र कलेजहरुको भौतिक पुर्वाधार सहित गुणस्तर सुधार,सुविधा सम्पन्न नमुना आवाशीय सामुदायिक विद्यालय निर्माण विद्यालयहरुमा बिज्ञान प्रयोगशाला,पुस्तकालय,संचार प्रविधि,खेलकुद सामाग्री,गरिव तथा जेहेन्दार विद्यार्थीको लागि उच्च शिक्षाको सुनिश्चितता र प्रदेशमा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

‘प्रदेश भित्रको सबै जनताको स्वास्थ्य बिमा अनिवार्य गर्ने,प्रदेशभित्रका सामुदायिक अस्पताल,स्वास्थ्य चौकीको भौतिक पुर्वाधार एवं गुणस्तर विकास,एक सामुदायिक विद्यालय एक नर्स कार्यक्रम तथा एक वडा एक एम्बुलेन्स जस्ता स्वास्थ्य समन्धी कार्यक्रमहरु पनि कासिछवाले प्रतिवद्धता मार्फत जानकारी गराउनुभएको छ।’

‘त्यस्तै कृषि क्षेत्रमा गाईभैंसी पालक किषानहरुलाई प्रोत्साहन गर्ने । दुग्ध उद्योग स्थापना गरि रोजगारी सृजना गर्ने । मासुजन्य उत्पादनको लागि किसानलाई उचित दाम र उपभोक्तालाई सहुलियत दरमा मासु आपुर्तीको ब्यवस्थापनमा पहल गर्ने । हरियो तरकारी,आलु जस्ता बालिलाई ब्यवस्थित गरि बीउ विजन र मलखादको सुनिश्चित ब्यवस्था गर्ने तथा चिस्यानकेन्द्र स्थापना गर्ने । लगाएत प्रतिवद्धता व्यक्त गर्दै कासेछवाले कृषकहरुलाई आश्वस्त पार्नु भएको छ।’

‘चांगुनारायाण मन्दिरलाई पर्यटकीय पुर्वाधार विकासको क्षेत्रमा संलग्न गर्न बिशेश पहल गर्ने । चांगुनारायण र नगरकोट लाई जोड्न पर्यटकीय पैदलमार्ग निर्माणमा बिशेश ध्यान दिने । नगरकोटमा रहेको भ्यु टावरलाई सुन्दर पर्यटकीय पार्कका रूपमा विकास गर्ने । प्रतिवद्धता पनि जनाउनुभएको छ।’

‘आफै खेलाडी साथै जिल्ला खेलकुद विकास समिती भक्तपुरको अध्यक्ष समेत भैसक्नुभएका कासिछवाको पहलमा निर्माण भैरहेको बहुउद्देश्यीय रुग्वी रंगशाला पाँच वर्षभित्रमा पुर्ण रुपमा निर्माण कार्य सम्पन्न गर्ने तथा नगरका सबै वडाहरुमा ब्यायमशाला निर्माण गर्ने प्रतिवद्धता आफ्नो प्रतिवद्धतापत्र मार्फत कासिछवाले मतदाता समक्ष सार्वजनिक गर्नुभएको छ।’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा