दधिकोटमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न(तस्विरहरु)


८ कार्तिक,भक्तपुर ।
नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं -२ प्रदेश(क)निर्वाचन परिचालन कमिटीको आयोजना र सुर्यविनायक नगरपालिका वडा नं -४ दधिकोटको व्यवस्थापनमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ ।

शुभदिपावली,नेपाल संवत,छठपर्व लगाएत राष्ट्रिय चाडपर्वहरुको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिटोब्युरो सदस्य,पुर्वमन्त्री एवं भक्तपुर क्षेत्र नं-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै नेता बस्नेतले भन्नुभयो’निर्वाचनको लागी हामीले हाम्रा कार्यकर्ताहरुलाई एकढङ्गले तयारी गरिसकेका छौँ । जसरी युद्धको मैदानमा जाने सेनाहरुलाई विभिन्न खालको तालिमहरु दिएर तयार गरिन्छ त्यसैगरी कार्यकर्ता पङ्तीलाई तयार गरिसकेको र यो पर्व सकिनसाथै हामी बिगुल फुक्ने छौं । जसरी रणमैदानमा जान तयार भएको सेना विजयको अभिलाषासहित मैदानमा खट्छ हाम्रो सम्पुर्ण पङ्ती त्यही ढङ्गले मैदानमा खट्नेछ्न । निर्वाचनको पछिल्लो एकमहिनाको विशेष समय चलिरहेकोले यो समयलाई विशेष ढङ्गले बुझ्न कार्यकर्ताहरुलाई नेता बस्नेतले आग्रह गर्नुभयो’ ।

‘जनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी नेकपा एमाले हो भन्ने कुरा जनताले बुझेका छन । यसलाई अझ विश्वासिलो र मजबुत बनाउनुपर्नेमा जोड दिंदै नेता बस्नेतले भन्नुभयो जनताको बिस्तृत चाहाना संकलन गर्नुपर्छ । जनचाहनालाई संबोधन गर्ने क्रममा हामीले डिस्टिङ्सन प्राप्त गरिसकेका छौं । दधिकोट लगाएत अधिकाङ्स वडाहरुमा चालू सडकहरू निर्माण गरिसकेका छौं । सुर्यविनायकमा मात्रै १३८ वटा सडकहरू माग भएका थिए हामीले त्यसलाई लगभग पूरा गरिसकेका छौँ ‘।

‘काङ्ग्रेसको काम भ्रम छर्ने हो एमालेको काम विकास गर्ने हो भन्दै नेता बस्नेतले भन्नुभयो चालू विकास आयोजनाका बजेटहरु गठबन्धन सरकारले काटेको कारण केही कामहरु अधुरो रहेको तर हामी जनतालाई भन्न सक्छौं अब थोरै काममात्र बांकी छ । बांकी रहेका कामहरु हामी चुड्की बजाएको भरमा सकिदिन्छौं । आज हामी ढुक्क छौँ किनभने हामिसंग प्रयाप्त अनुभव र उपाय छ । अनुभव नभएका,अनुशासन नभएका,हैसियत र योग्यता नभएका तथा जनप्रतिनिधि भन्न पनि नसुहाउनेहरु लाई भन्दा योग्य उम्मेदवारलाई निर्वाचन जिताउनेमा आफू ढुक्क रहेको नेता बस्नेतले बताउनुभयो’ ।

त्यस्तै,भक्तपुर निर्वाचन क्षेत्र नं-२ प्रदेश (क) का उम्मेदवार किरण थापाले गत कार्यकालमा पूरा नभएको विकास र निर्माणको कार्यलाई पुर्णता दिंदै महिलाहरुलाई आत्मनिर्भरता र युवाहरूलाई स्वरोजगारको कार्यक्रमहरु दिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।सुर्यविनायक क्षेत्रमा एउटा औद्योगिक ग्रामको स्थापना गरि युवाहरूलाई रोजगारी दिने आफ्नो पहिलो प्राथमिकता हुने थापाले बताउनुभयो । अधुरा योजना पूरा गर्न र जनभावना अनुसार सबैलाई समेटेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफू सुर्यविनायक उद्योगवाणिज्य संघको अध्यक्ष पनि भएको नाताले सम्पुर्ण उद्योगि व्यवसायीहरुले आफुलाईनै मतदान गरेर बिजय गराउनेमा आसावादी रहेको उहाँले बताउनुभयो ।

त्यस्तै,नेकपा एमाले भक्तपुर जिल्ला कमिटी सदस्य सहदेव न्यौपानेले स्वागत मन्तव्य राख्दै भन्नुभयो’हिजो भक्तपुरले सिंहदरबार देखेको थिएन । अघिल्लो स्थानियदेखि संघीय निर्वाचनमा एमालेले बिजय हांसिल गरिसकेपछि कति विकास भए छर्लङ्ग हामीले देखेका छौँ । सुर्यविनायक ४ मा मात्रै क.महेश बस्नेतको नेतृत्वमा भएका अनगिन्ती विकासहरु रहेका छन । विकास भएन भन्ने नेपाली काङ्ग्रेस लगायत पार्टीहरुलाई इङ्गित गर्दै उहाँले भन्नुभयो हाम्रो वडाको लागि परेको ४ करोड बयासी लाख पैसा काङ्ग्रेस नेता रमेश लेखकले सांखु पुर्‍याय अनि तिनै काङ्ग्रेसहरु भन्दै छन दधिकोटमा विकासनै भएन । काङ्ग्रेसले भक्तपुरमा विकास नभएको देख्नु र साउनमा आँखा फुटेको गोरुले संधै हरियो देख्नु एउटै हो भन्दै नेता महेश बस्नेतको विकास निर्माणको कामको कारणले बैसठ्ठीसय मतदाता भएको वडा नं-४ बाट पैंतीससय भन्दा बढी मत एमालेको पक्षमा खस्ने र हिजो छत्तीसहजार मतले जितेको एमालेले अबको निर्वाचनमा बाउन्नहजार भन्दा बढी मतले बिजय हांसिल गर्ने बताउनुभयो’ ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराई,प्रदेश सदस्य शसिजङ्ग थापा,प्रदेश सदस्य टिपि उप्रेती,प्रदेश सदस्य राजेन्द्र राजथलाको पनि विशेष उपस्तिथि रहेको थियो । उक्त कार्यक्रममा नेपालि काँग्रेस का शुमन न्यौपाने र रमिला नगरकेाटि लगायतले नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा एमाले प्रवेश गर्नुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक तथा नेकपा एमालेका स्थानीय संस्थापक हरुलाई सम्मान गरिएको थियो ।                             

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको