भक्तपुर काङ्ग्रेस र समाजवादीमा पहिरो,५० भन्दा बढी नेताकार्यकर्ता एमाले प्रवेश


४ कार्तिक,भक्तपुर ।नेपाली कांग्रेस बालकोटका नेता चन्द्र कृष्ण श्रेष्ठ सहित ३५ जना र नेकपा (एकीकृत समाजवादी)का नेता मिलन थापा सहित १५ जना युवाहरू एमाले प्रवेश गरेका छन ।

बिहिवार सांझ नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमको बिच उनिहरु एमाले प्रवेश गरेका हुन ।

काङ्ग्रेसको गढ मानिएको बालकोट बाटनै लामो समयदेखि नेपाली काङ्ग्रेसमा सक्रिय स्थानीय नेता श्रेष्ठ सहित ३५ जना युवाहरूले काङ्ग्रेस परित्याग गरेर एमाले प्रवेश गर्नुले भक्तपुर काङ्ग्रेसमा ठुलो भुकम्प गएको छ ।

सो कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का नेता एवं गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार समेत रहेर ४ सय ५७ भोट ल्याउन सफल सिरुटारका नेता मिलन थापा सहित १५ जना युवाहरू पनि एमालेमा प्रवेश गरेका हुन ।
नवप्रवेशी हरुलाई एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खादा र एमाले पोलिटोब्युरो सदस्य,पुर्व मन्त्री तथा भक्तपुर निर्वाचन क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतले अबिर लगाएर पार्टीमा स्वाग गर्नुभएको थियो ।

निर्वाचन नजिकिँदै गर्दा विभिन्न दल र समुहहरु परित्याग गरि नेकपा एमाले प्रवेश गर्नेहरूको भिडनै लागिरहेको छ ।                       

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा