निर्वाचन आयुक्त भण्डारी भन्नुहुन्छ आचारसंहिता उल्लंघन गरेमा मनोनयनपत्र खारेज


३१ असोज,काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन समन्धी आचारसंहिता उल्लंघन गरेमा मनोनयपत्र खारेजसम्म हुने बताउनुभएको छ ।

राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराउंदै भण्डारीले यस्तो बताउनुभएको हो ।            ‘अहिलेको बेलामा कोणसभा,आमसभा,गोष्टि,सेमिनार लगाएतका कुनैपनी बिषय निर्वाचन प्रचारप्रसार गर्ने प्रायोजनमा गर्न पाईंदैन । राजनीतिक दलको प्रतिनिधिहरुसहित भएर बनाएको हाम्रो आचारसंहिताले कार्तिक १८ गतेबाट मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाईने ब्यवस्था गरेको छ । त्यो भन्दा अगाडी निर्वाचन प्रचारप्रसार गर्ने क्रियाकलापहरु गर्न पाईंदैन भनेर आचारसंहिताले निषेध गरेको दलहरुलाई पनि राम्रोसँग जानकारी भएको भन्दै उहाँले भन्नुभयो घरदैलो कार्यक्रम गर्दै मतदाताको घरमा जांदा जम्मा २५ जनाभन्दा बढी जान पाईंदैन । त्यो पनि बाजागाजा तामझाम गरेर जान आचारसंहिताले निषेध गरेको छ ।’

‘थुप्रै ठाउँहरु बाट बाजागाजा,तामझाम सहित प्रचारप्रसारमा हिंडेको निर्वाचन आयोगमा धेरै उजुरिहरु परेको भन्दै आचारसंहीता कन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहनुभएका भण्डारीले भन्नुभयो त्यस बारेमा स्पष्टीकरण पनि सोधिएको तथा स्थानीय निर्वाचन अधिकृतहरुलाई नटेरी निर्वाचन आयोगमा आईपुगेर निवेदनको विवरण र उम्मेदवारले पठाएको विवरण बाझिएमा आयोगले कठोर भएर कार्वाही गर्नुपर्ने हुन्छ र त्यस्तो बेलामा उहाँहरुको मनोनयन पत्र खारेज पनि हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार