मुलुकलाई श्रीलंका बनाउन खोज्ने शक्तिहरु अहिले पनि सत्तामा छन : नेता महेश बस्नेत


३० असोज,भक्तपुर । नेकपा एमालेका पोलिटब्युरो सदस्य,पुर्व मन्त्री एवं भक्तपुर निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले मुलुकलाई श्रीलंका बनाउन खोज्ने शक्तिहरु अहिले पनि सत्तामा रहेकोले देशको अर्थतन्त्र चौपट भईरहेको बताउनुभएको छ ।

आईतवार प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरले आयोजना गरेको ‘नेकपा एमालेका उम्मेदवारसंग सञ्चारकर्मी’ बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताउनुभएको हो ।           

पुर्व प्रधानमन्त्री केपी ओली सरकारको पालामा देशको अर्थतन्त्र मजबुत थियो । कोरोना महामारीको समयमा पनि ३ प्रतिशतका दरले अर्थतन्त्रले प्रगती गरिरहेको स्मरण गर्दै उहाँले भन्नुभयो ‘ओलि सरकारको पालामा हाम्रो अर्थतन्त्रले ७.१ प्रतिशतका दरले प्रगती गरिरहेको थियो । सरदर दुईहजार डलर बार्शिक आम्दानी पुर्‍याउने भनेर सरकार लागेको थियो । तर आज अर्थतन्त्र चौपट भैरहेको छ । अब आउने कार्तीकदेखी १८ प्रतिशत ब्याज पुर्‍याउने भन्ने कुराहरू सूनिन्छ । सहकारी डुब्दै छ । बैंकहरुको बिचल्ली छ । उद्योगि ब्यवसायीहरु रुदै हिंडेको स्थिति छ । सेयर मार्केट डामाडोल छ । अर्थतन्त्रले मुलुक चौपट हुने स्थितिमा छ र मुलुकलाई श्रीलंका बनाउन खोज्ने शक्तिहरू अहिले सत्तामा छन ।’

वर्तमान अर्थमन्त्रीलाई त्यसतर्फ ध्यान नभएको भन्दै उहाँले भन्नुभयो ‘प्रधानमन्त्री पत्नी आर्जु राणा देउवा बालुवाटारमा बसेर हांस्यास्पद तर्क गर्दै अर्कै शासन चलाइरहनुभएको छ । हामी लाई जिताइदिनुभयो भने बिदेश पठाइदिन्छु भनेर डडेल्धुरामा भाषण गर्नुहुन्छ । डडेल्धुरा र बालुवाटारको समन्ध खुल्ला सिमसिम जस्तै हो । के शेर बहादुर देउवाको जिल्ला बाहेक अरुको बालुवाटारमा पहुँच नहुने ? यहि हो हामीले खोजेको लोकतन्त्र ? नेता बस्नेतले प्रश्न गर्नुभएको छ ।’

अर्थमन्त्रीले बिचौलियाहरु संग सेटिङ गरेर प्रधानमन्त्रीको छोराले आयात गर्ने सेनेटरी प्याडदेखी अर्थमन्त्रीसंग नजिक भएका ब्यक्तिहरुको आईरन उद्योग र सिमेन्ट उद्योगहरुलाई आयातमा ९० प्रतिशत भन्सार छुटदेखी अन्य कमिसन खाने खेलमा रहेकोले सरकारले महङ्गी तिनगुना बढाएको बताउंदै नेता बस्नेतले भन्नुभयो ‘हिजो महङ्गी ३.६७ प्रतिशत थियो भने अहिले त्यसको तिनगुना बढी ९ प्रतिशत पुर्‍याएर जताततै अभाव सृजना गरेकोले गठबन्धन असक्षम भैसकेको छ । यसलाई जनताले जतिसक्दो चांडो फाल्न चाहेका छन ।’

कार्यक्रममा नेकपा एमाले भक्तपुर क्षेत्र नं-१ को प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज गेलाल, प्रदेशसभा सदस्य उम्मेदवारहरु किरण थापा,चंदन कृष्ण श्रेष्ठ, मोहनवीर श्रेष्ठ, नारायणसुन्दर सिन्ताकल लगाएतले पनि आ-आफ्नो चुनावी एजेन्डाको बिषयमा मन्तव्य राख्नुभएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको