माओवादी केन्द्र मधेस प्रदेश बाट ६० जना नेता एमाले प्रवेश

२९ असोज,काठमाडौं । माओवादी केन्द्रका मधेस प्रदेश सदस्य वीर बहादुर गोलेको नेतृत्वमा ६० जना नेताहरू नेकपा एमाले प्रवेश गरेका छन ।

प्रदेश सदस्य गोले सहित रौतहट,चन्द्रपुर नगरकमिटी उपध्यक्ष राम बहादुर घलान लगाएत आदि दर्जन प्रदेश कमिटी सदस्य र दर्जनौं जिल्ला कमिटी सदस्यहरू सहित ६० जना नेताहरुको टोलि एमाले प्रवेश गरेको हो ।

‘माओवादी केन्द्रले माक्सवाद-लेलिनवाद-माओवादको विचार,नीति तथा सिद्धान्तलाई छोडी विसर्जनवाद तिर उन्मुख हुँदै गएको,राष्ट्रिय मुद्दाहरुमा आफ्नो अडान कायम गर्न नसकेको,मुख्य लिडरहरुले पटक-पटक ठुला-ठुला गल्ती तथा कमजोरी दोहोराउंदै आएको र दक्षिणपन्थी दिशातर्फ उन्मुख भई विसर्जनवाद तर्फ केन्द्रीत हुँदै ढुलमुले चरित्र देखाउंदै आएकोले माओवादी केन्द्रमा भबिस्य सकिएको ठहर गर्दै उक्त पार्टी परित्याग गरि एमाले प्रवेश गरेको एक बिज्ञप्ति मार्फत जानकारी दिइएको छ ।’

नवप्रवेशी नेता कार्यकर्ताहरुलाई नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अविर र खादा लगाएर नेकपा एमालेमा औपचारिक स्वागत गर्नुभएको थियो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिंदै गर्दा विभिन्न दल तथा समुहहरु छोडेर एमाले प्रवेश गर्नेहरुको भिड लागिरहेको छ ।                 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको