शिक्षा र स्वास्थ समन्धी चेतना मार्फत राजनीतिमा उदाउनुभएका नेता चन्दन कृष्ण श्रेष्ठ

२८ असोज,भक्तपुर । अबिराम ४० बर्ष देखी मध्यपुर थिमीको शिक्षा र स्वास्थ समन्धी चेतना तथा जनसेवा मार्फत राजनीतिमा उदाउनुभएका नेता चन्दन कृष्ण श्रेष्ठ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं -२ प्रदेश (ख) को लागि नेकपा एमाले को तर्फबाट उम्मेदवार हुनुहुन्छ ।                     नेकपा एमाले भक्तपुर जिल्ला कमिटी सदस्य समेत रहनुभएका श्रेष्ठ भक्तपुर निर्वाचन क्षेत्र नं -२ प्रदेश (ख) को उम्मेदवारहरु मध्यबाट सर्वसम्मत उम्मेदवार भन्दा पनि फरक पर्दैन । दर्जनौं सामाजिक संस्थाहरुको स्थापना गरि सामाजिक काममा निरन्तर लागेर जनताको सेवामा निरन्तर समर्पित श्रेष्ठ मध्यपुर थिमीको शिक्षा र स्वास्थको नायक हुनुहुन्छ ।

नेता श्रेष्ठको मध्यपुर थिमीमा शिक्षा क्षेत्रका योगदानहरु :

श्रेष्ठले गणेश मा.बि नगदेशमा ०३५-०४८ साल सम्म सामुदायिक स्कुलमा अध्यापन सेवा मार्फत जनसेवा सुरु गर्नुभएको थियो ।शिक्षा र स्वास्थको विकासलेनै राष्ट्र विकास हुने मान्यतामा अडिग श्रेष्ठ हाल चाणक्य कलेज अफ म्यानेजमेन्ट मध्यपुर थिमी र बालप्रेमी माध्यामिक विद्यालय (सामुदायिक स्कुल) थिमीको अध्यक्ष समेत हुनुहुन्छ ।

सबैभन्दा बढी लगानी आफुलेनै गरेर आफुनै कलेजमा समर्पित रहनुभएका श्रेष्ठले अष्ट्रेलियामा दुइ बिषयमा डिग्री गरेका आफ्ना छोरा प्रवीण श्रेष्ठलाई समेत स्वदेशनै बोलाएर कलेजको उन्नयन,शैक्षिक विकास र अष्ट्रेलियामा सिकेको प्रविधिसंग सिकाईलाई लगेर जोड्नको निमित्त बिदेशको आनन्ददायी जीवन छोडाएर स्वदेशनै बोलाएर कलेजको काममा लगाउनुभएको  छ।

आफैं शिक्षक भएको हुनाले शैक्षिक क्षेत्रमा उहाँको योगदान झन अतुलनीय रहेको छ । चाणक्य कलेज अफ म्यानेजमेन्टलाई ०६५ सालदेखि अहिलेसम्म व्यवस्थित ढङ्गले संचालन गरिरहनुभएको छ । कलेजले प्ले ग्रुपदेखी मास्टर डिग्री सम्म अध्यन गराईरहेको छ । स्कुलमा ७ सयभन्दा बढी,+2 मा पनि ७ सय भन्दा बढी तथा कलेजमा  B.B.S र M.B.S पनि संचालन भइरहेको छ ।

कलेजको रिलल्ट पनि सारै राम्रो रहेको छ । S.E.E मा संधै सतप्रतिशत टप मार्क आईरहेको छ । त्यस्तै +2 मा जहिलेपनी ९५ प्रतिशत भन्दा बढी रिजल्ट ल्याउने चाणक्य कलेजले यसपालि ३३९ जनामा ३३६ जना करिब ९९.९ प्रतिशत विद्यार्थी पास भएका थिए । B.B.S मा ७१ प्रतिशत विद्यार्थी पास भए भने M.B.S मा जहिलेपनी परिक्षा दियजती सबै विद्यार्थी फस्ट डिभिजनमा पास गराउन सफल हुनुभएको उहाँ बताउनुहुन्छ । यसरी चाणक्य कलेज अफ म्यानेजमेन्टलाई उहाँले गुणस्तरीय र अनुशासित शिक्षा दिंदै संचालन गरिरहनुभएको छ ।

‘कक्षाकोठा र पढाउने बिषयमा शिक्षकहरु राम्रो हुनुपर्ने र विद्यार्थीले भन्दा शिक्षकले बढी पड्नुपर्छ,शिक्षक पढाउने भन्दा बढी सिकाउने हुनुपर्छ,पढाउने भनेको किताब भित्रको कुरा हो,सिकाउने भनेको विद्यार्थीको दिमागमा बस्नेगरी उसलाई यथार्थपरक ज्ञान् दिनुपर्छ भन्ने मान्यता रहेकोले उहाँले आगामी निर्वाचन जित्नुभयो भने मध्यपुर थिमीमा शिक्षाको लागि झन ठूलो योगदान गर्नुहुन्छ । यहाँका मठमन्दीर,विभिन्न सांस्कृतिक धरोहरहरुको मर्मतसम्भार र संरक्षण साथै भाषा तथा सांस्कृतिक विकास गर्नुहुन्छ भन्नेमा आफुलाई पुर्ण बिश्वास रहेको चाणक्य कलेजका प्रिन्सिपल बांसुकिराज रेग्मी बताउनुहुन्छ ।’

नेता श्रेष्ठको मध्यपुर थिमीमा स्वास्थ क्षेत्रका योगदानहरु :

नेता श्रेष्ठले मध्यपुर थिमीमा तिनवटा अस्पतालहरु बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएको छ । नेपाल-कोरिया हस्पिटल स्थापना गर्नको निमित्त जग्गा ब्यवस्थापन गराउनदेखी कोइका संग चौध करोड ल्याउन उहाँको महत्त्वपूर्ण भुमिका रहेको छ ।

गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी हस्पिटलको स्थापना गराउनको लागि डा.भोला रिजालसंग पहिलो बैठक बसेर नागरिक हस्पिटल सुरु गरिएको स्मरण गर्दै अहिले पनि नागरिक हस्पिटलमा आफ्नो लगानी सहित संस्थापकनै रहेको उहाँ बताउनुहुन्छ ।

मध्यपुर हस्पिटलको संस्थापक समेत रहनुभएका श्रेष्ठ अहिले मध्यपुर हस्पिटलको संचालक पनि हुनुहुन्छ । श्रेष्ठकै पहलमा सुरु गरिएको आधुनिक सेवा सुबिधा सम्पन्न मध्यपुर हस्पिटल भक्तपुरकै स्वास्थ क्षेत्रमा सबैभन्दा अगाडि रहेको हस्पिटल हो ।
२०७२ बैशाख २७ गते तत्कालीन उद्योग मन्त्री माननीय महेश बस्नेत ज्यु बाट नेपाल औषधि लिमिटेडको अध्यक्षमा मनोनीत भएपछि बन्द भैरहेको उद्योग उहाँले संचालनमा ल्याउन सफल हुनुभएको थियो ।जसमा सिटामोल, जीवन जल,ग्लिसिरिन,डिस्ट्रलर वाटर जस्ता अत्यावश्यक औषधिहरुको उत्पादन कार्य सुरु गर्न पनि उहाँ सफल हुनुभएको थियो ।

नेता चन्दन कृष्ण श्रेष्ठको राजनीतिक तथा सामाजिक योगदानहरु :               

१, नेकपा एमाले भक्तपुर जिल्ला कमिटी सदस्य,
२, निवर्तमान अध्यक्ष : राष्ट्रिय विभुती शंखधर साख्वा प्रतिष्ठान,
३, अध्यक्ष : चाणक्य कलेज अफ म्यानेजमेन्ट मध्यपुर थिमी,
४, अध्यक्ष : बालप्रेमी माध्यामिक विद्यालय थिमी, (सामुदायिक स्कुल)
५, निवर्तमान उपाध्यक्ष : नेपाल घरेलु तथा साना उद्योग महासंघ ,काठमाडौ
६, वरिष्ठ उपाध्यक्ष : बागमती पेट्रोलियम डिलर्स एसोसिएसन,काठमाडौ
७, संचालक सदस्य : औद्योगिक व्यवसाय विकास प्रतिष्ठान,त्रिपुरेश्वर
८, संचालक : मध्यपुर अस्पताल थिमी,
९, २०३४ साल देखि २०३६ साल सम्म  मिनभवन क्याम्पसमा आई कम पढ्दा अखिल छैटौंको सदस्य,
१०, २०३८ साल देखि २०४० साल सम्म शंकरदेव क्याम्पसमा बि.कम पढ्दा कम्युनिस्ट नेता शम्भुराम श्रेष्ठको सल्लाहामा विद्यार्थी जमात खोलेको,
११, २०३५ साल देखि २०४८ साल सम्म गणेश माध्यामिक विद्यालय,नगदेशमा १३ वर्ष स्थायी शिक्षक भई काम गरेको,

१२, २०५४ सालमा मध्यपुर थिमी नगरपालिका वडा नं.-१४ नसस निर्वाचित भई जिविस भक्तपुर गएको,
१३, २०६० सालमा मध्यपुर थिमी नगरपालिकाको उपमेयेर पदमा मनोनित भई ९ महिना काम गरेको,
१४, २०७१ सालमा नेता श्रेष्ठको नेतृत्वमा भक्तपुर जिल्लाबाट सयौं नेता कार्यकर्ता सहित एमाले अध्यक्ष केपी ओलीको हातबाट टीका लगाई अध्यक्ष ओलि निवास बलकोटमानै नेकपा एमाले प्रवेश गरेको,
१५, २०७२ बैशाख २७ गते तात्कालिन उद्योग मन्त्री माननीय मशेश बस्नेत ज्यु बाट नेपाल औषधि लिमिटेडको अध्यक्षमा मनोनीत भएको ।बन्द भई रहेको उद्योग संचालन गर्ने काम गरेको । ( क्र.म.स.)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना