मध्यपुर थिमी वडा नं ४ को कार्यालय उद्धाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


११ असोज,भक्तपुर ।
नेकपा (एमाले) मध्यपुर थिमी वडा नं ४ को कार्यालय उद्धाटन तथा बडा दशै,शुभदीपावली- २०७९ तथा न्हू दँ ११४३ को अवसरमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम सम्पन्न भएको छ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य,पुर्वमन्त्री,निवर्तमान सांसद क.महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराई,केन्द्रित सदस्य एवं जिल्ला इन्चार्ज सोम मिश्र,युवा नेता तथा बागमती प्रदेश कमिटी सदस्य भाष्कर प्रधानाङ्ग जिल्ला अध्यक्ष वचन देउजा लगायत नेताहरुको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई संबोधन गर्दै नेता बस्नेतले भन्नुभयो ‘आज राष्ट्रिय अन्तरास्ट्रिय राजनीति नेकपा (एमाले)को विरुद्ध केन्द्रीत भएको देखिन्छ।नेपालका राजनीतिक दलहरू किन एमालेका विरुद्ध गठबन्धन बनाईरहेका छन ? यो बिषयलाई जनतामाझ सहि ढङ्गले प्रकाश पार्नुपर्ने र भ्रम चिर्दै जानुपर्ने बताउनुभयो ।’

‘हाम्रो संविधान आफै बनायवापत हाम्रो मुलुकमाथी नाकाबन्दी थोपरियो।तात्कालिन काङ्ग्रेस नेतृत्वको सरकारले नाकाबन्दीको बिरुद्ध बोल्ने हिम्मत गरेन। मधेस केन्द्रीत दलहरूत सिमानामा अनसननै बसे।कथित अभियान्ताहरुले नाकाबन्दीलाई समर्थन गर्दै अभियाननै चलाए।तर एमालेमात्रै एउटा यस्तो पार्टी हो।जसले नाकाबन्दीको खुलेर बिरोध गर्‍यो।हाम्रो संविधान आफै लेख्न पाउनु हाम्रो सार्वभौम अधिकार हो भनेर हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीको खुलेर बिरोध गर्नुभयो।’

‘संविधान निर्माण भएपछि प्रधानमन्त्री बन्नुभएका अध्यक्ष ओलीलाई भारतको निम्ता आयो।तर उहाँले भारतीय निम्तालाई अस्वीकार गर्नुभयो।मेरो जनतलाई नाकाबन्दीको कारणले खानेकुरामा समस्या छ।बजार भाउ बढेको छ।पेट्रोलियम पदार्थको अभाव छ।ग्यांस लगायत दैनिक उपभोग्य बस्तुहरुको अभाव छ।त्यसैले नाकाबन्दी नखुलेसम्म म भारतको भ्रमण गर्दिन भनेर केपी ओलीले हिम्मत गर्नुभयो।नाकाबन्दी खोलाउन अभियाननै शुरु गर्नुभयो र नाकाबन्दी खोल्न बाध्य पार्नुभयो।नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भुजडित मुलुक बनाउने कार्यको नेतृत्व पनि क.केपी ओलीलेनै गर्नुभयो।’

एक अर्को प्रसङ्गमा नेता बस्नेतले भन्नुभयो,’संघर्षबाट स्थापित हुने हो।जनसेवाबाट स्थापित हुने हो।भ्रष्टाचार र अनियमितताको बिरोध गरेर स्थापित हुने हो।विकास र समृद्धिको काम गरेर स्थापित हुने हो।प्रचण्ड र माधव नेपालले यो लाईन छोड्नुभयो भनेर नेकपा एमाले प्रचण्ड र माधव नेपालको सति जान सक्दैन।प्रचण्ड र माधव नेपालले दिगभ्रमित पारेका कम्युनिस्ट आन्दोलनका सहयोद्धाहरुलाई एमालेले समेटेर लाने पनि नेता बस्नेतको भनाइ रहेको थियो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा