३असोज,काठमाडौं।
सिन्धुपाल्चोकको गुम्बामा संचालित ४३ मेगावाटको अपर नेसमखोला हाईड्रोपावर लिमिटेड,सिन्धुज्वाला हाईड्रोपावरले सेयर सदस्यहरू बाट संकलित ५४ करोड रुपैयाँ सिध्याउंदा प्रिफ्याब भवन तथा मेसिनरी वाल निर्माणको लागि जिम्मेवारी दिएको मोक्तान कन्ट्रक्सन लाई १७ लाख रुपैयाँ काम सकाउंदा पनि अझै भुक्तानी दिएको छैन ।
मोक्तान कन्ट्रक्सनले काम सकाएको करिब चार वर्ष बितिसक्दा पनि आफुले काम गरेको रकमको भुक्तानी नपाएको हो।
सिन्धुज्वाला हाईड्रोले १८३२ जना सेयर सदस्यहरुबाट संकलित ५४ करोड रुपैयाँ विद्युत उत्पादनकार्य पुर्वनै हाईड्रोको चियरम्यान अर्जुन बन्धु रेग्मी र डाइरेक्टर प्रकाश रजौरेले मनोमानी तरिकाले आफ्नो ब्यक्तिगत व्यवसायमा लगानी गरेको एक सेयर सदस्यले बताएका छन।
२०६५ सालमा दर्ता भएको सिन्धुज्वाला हाईड्रोपावरको २०७८ सालमै बत्ती बालेर निर्माण कार्य सम्पन्न गर्ने उदेश्य रहेपनी अझैसम्म निर्माणकार्यको सामान्य प्रक्रियामा समेत प्रवेश नगरेकोले सेयर लगानिकर्ताहरुको लागानी खेर गइरहेको पिडितहरुको गुनासो रहेको छ।
निर्माणकार्यको पैसा माग्दा ज्यानमार्ने धम्की
हाइड्रोपावरको प्रिफ्याब भवन तथा मेसिनरीवाल निर्माणको लागि २०७६-६-१६ मा मोक्तान कन्ट्रक्सनलाई निर्माणकार्यको जिम्मेवारी दिएको थियो।निर्माण कार्य सुरु भएपछि पेस्की माग्दा पेस्की समेत नदिने कार्य गर्दै आएको हाईड्रो व्यवस्थापनले निर्माण कार्य सम्पन्न पश्चात् काम गरेको रकम माग्दा मोक्तान कन्ट्रक्सनका संचालक नाम्गेल मोक्तानलाई हाईड्रोका चियरम्यान अर्जुनबन्धु रेग्मिले साफसुटरहरु प्रयोग गरेर ज्यान मार्ने धम्की समेत दिएका छन।
मोक्तानले बर्श ५५ का अर्जुनबन्धु रेग्मी संग शान्ती सुरक्षा पाउं भन्दै २०७८-१०-२७ मा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंमा निवेदन समेत दिएका थिए।
त्यस्तै हाईड्रोका चियरम्यान अर्जुनबन्धु रेग्मिले भाडमा प्रयोग गरेका ब्यक्तिहरुले मोक्तान कन्ट्रक्सनको करिब १५ लाख मूल्य बराबरको निर्माण सामग्री समेत लुटपाट गरेका थिए ।लुटपाट गरिएको सामाग्रीहरु फिर्ता गाग्दा रेग्मीले उल्टै ज्यान मार्ने धम्की दिनेगरेको भन्दै मोक्तान कन्ट्रक्सनको तर्फबाट महानगरीय अपराध महासाखा बानेश्वरमा उजुरी समेत परेको र प्रहरीले दुई पक्षलाई राखेर छलफल समेत गराएको थियो।
हिनामिना पुरानो व्यवस्थापनले गरेको हो,प्रकाश रजौरे
हाईड्रोपावरको ५४ करोड हिनामिनाबारे पुरानो व्यवस्थापनलाई दोस लगाउंदै अर्जुन्बन्धु रेग्मी लगायतको टोलि पन्छिन खोजिरहेको छ।
‘बेथिति निकै भैसकेपछी त्यतिबेलाका संचालकहरु बद्री बहादुर कार्की,गोविन्द पोखरेल,चुर्न प्रासाद श्रेष्ठ र प्रभुलाल अधिकारी हरुले आफुले लगानी पनि नगर्ने र आफ्नो अनुहार जोगाउनको लागि उनिहरुले कम्पनी हामिलाई हस्तान्तरण गरेर आफुहरु पन्छिएको सिन्धुज्वाला हाईड्रोका डाईरेक्टर प्रकाश रजौरेले पुरानो व्यवस्थापनलाई आरोप लगाएका छन ।’
सेयर सदस्यको पैसाले चुर्न प्रसाद श्रेष्ठले बनेपामा पेट्रोल पम्प किने,रजौरे
त्यस्तै पहिलेका संचालक चुर्न प्रसाद श्रेष्ठले बनेपामा पेट्रोल पम्प खोलेको आरोप पनि डाईरेक्टर प्रकाश रजौरेले लगाएका छन।
‘उनले भने चुर्नबहादुर श्रेष्ठ दुनियाँको पैसा उठाएर खाएर अहिले भागी-भागी हिंडिरहेका छन।सर्वसाधारणको पैसा उठाएर श्रेष्ठले बनेपामा पेट्रोलपम्प खोलिरहेका छन।कम्पनीको पैसा उठाउने र आफ्नो व्यावसाय गर्ने।कम्पनीको जग्गा किन्छु भनेर पैसा निकाल्ने तर पैसा हिनामिना गर्ने काम चुर्न प्रसाद श्रेष्ठले गरेका हुन।उनले धेरै सिन्धुपाल्चोकका मान्छेहरुको पैसा उठाएर खाएको प्रमाण हामिले भेटेका छौं।’ त्यस्ता सोचका मान्छेहरुले गर्दा कम्पनी अगाडी नबढेको भन्दै आफुहरु चोखिने प्रयास रजौरेले गरेका छन।
हाईड्रोपावरले प्रत्येक सेयर सदस्यहरुबाट जनही १ लाख देखि १० लाख सम्म रकम संकलन गरेको थियो। २०६५ सालदेखि हाईड्रोपावरले नाफा दिन्छ भनेर सेयर सदस्यहरुलाई ढांटेर करोडौं रुपैयाँ संकलन गरेर १९ बर्ससम्म काम सुचारु नगर्दा पनि सरकारले सिन्धुज्वाला हाईड्रोपावरलाई कुनै कार्वाही गरेको छैन।
जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा
११ जेठ, कालिकोट कालिकोटका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले स्थानीय सरकार तहबाटै श्रमिक सूचीकरण गरी
फाइल फोटो जेष्ठ ११, काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाईंदैछ
जेष्ठ १० ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ ७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी
जेष्ठ ७,काठमाडौं। नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक उमेश थानीले भ्रष्ट कर्मचारीलाई काखी च्यापेर