नेपाल नेपालीलेनै चलाउने हो,अध्यक्ष ओली


१असोज,काठमाडौं।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नेपालीलेनै चलाउने हो भन्दै नेपालीहरुलाई लोकतन्त्र र राष्ट्रिययताको पक्षमा लाग्न आव्हान गर्नुभएको छ।संविधान दिवसको अवसरमा आज बिहान काठमाडौंमा पार्टीद्वारा आयोजित पदयात्रालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो।

अध्यक्ष ओलीले लोकतन्त्र नेपाली जनताको शासन भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ।‘नेपाल नेपालीको हो । लोकतन्त्र नेपालको शासन हो।नेपाल अरु कसैले चलाउने होइन । नेपाली जनताले लोकतन्त्र हार्न हुँदैन,सुशासनको प्रयास हार्न हुंदैन। विकास हार्न हुँदैन ।’

अध्यक्ष ओलीले भन्नुभएको छ। ”देश विदेशमा रहनुभएका सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरूमा मेरो अनुरोध लोकतन्त्र र राष्ट्रियताको पक्षमा,राष्ट्रिय अखण्डताको पक्षमा लागौं।संविधान दिवस राष्ट्रिय चाड पनि भएकाले यसलाई जनस्तरबाट मनाईनुपर्छ ।ओलीले भन्नुभयो , ‘यो सरकारी नभएर राष्ट्रिय दिवसको रूपमा मनाइनुपर्दछ । यो आजसम्म हुन सकेको थिएन हामीले यसको सुरुवात गरेका छौं ।’

‘नेपाललाई द्वन्द्वमा फसाउने र अलोकतान्त्रिक बाटोमा लौजाने कुचेष्टाको विरुद्ध एमाले निरन्तर रहेको छ । ती सबैलाई परास्त गरेर हामीले देशलाई लोकतन्त्रको बाटोमा हिँडायौं’,हजारौं संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा र कार्यान्वयन गर्ने सन्दर्भमा विद्वेष र तनावको विषय बनाउने कुचेष्टा भएको अध्यक्ष ओलीले स्मरण गर्नुभयो।’

अध्यक्ष ओलीले भन्नुभयो अहिले गठबन्धनले देशलाई ओरालो लगाइरहेको छ।लोकतन्त्र सुदृढ बनाउने, विकास र सुशासनयुक्त दिशामा अघि बढाउन एमाले लागेकाले मंसिर ४ गते संविधान, लोकतन्त्र र देशलाई हार्न दिनु हुंदैन ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको