समाजसेवी दुर्गा प्रसाईं द्धारा दुबईमा अलपत्र ५ नेपाली र १ अलपत्र शवको उद्धार गर्दै


३१भदौ,काठमाडौं।
युवा नेता,समाजसेवी एवं व्यवसायी दुर्गा प्रसाईंले द्रव्य पिचासहरूको पासोमा परी रोजगारीको आसमा भिजिट भिसाहुँदै दुबई पुगेर एक वर्षदेखि अलपत्र पारिएका ५ जना नेपाली र आत्महत्या गरी मृत्यु भएका १ नेपालीको अलपत्र शव भोलि नेपाल ल्याउनुहुने भएको छ।

मानव तस्कर दलालहरुको प्रलोभनम परेर दुबई पुगि अलपत्र परेर खानेबस्ने कुनै ठेगान नभएका राजभर अङ्गद,शुनिलबहदुर राना,अन्जन सेन,देवचन्द्र गुरुङ लाई सकुशल र आत्महत्या गरि मृत्यु भएका वर्ष २३ का भुपाल राइको सब उहाँको ब्यक्तिगत खर्चमा नेपाल ल्याउन लाग्नुभएको हो।

भोलि ३ बजे पारिवारिक मिलन र सव हस्तान्तरण कार्यक्रम राखिएको जानकारी दिंदै उहाँले भन्नुभएको छ।’मानवीयता हराएका दलालहरूको कुकर्म र रोजगारीको लोभमा दलालीको पासोमा पर्दाको पीडाको विषयमा जानकारी दिन र उद्धार गरिएकाहरूलाई उनीहरूको पारिवारिक मिलन र शव हस्तान्तरण गर्ने कार्यक्रम राखिएको हुँदा उक्त कार्यक्रममा उपस्थित भई समाचार सम्प्रेषण गरी हाम्रो अभियानलाई हौसला प्रदान गरिदिनु हुन सम्पूर्ण सञ्चारकर्मीहरूमा विनम्रताका साथ अनुरोध गर्दछु ।’

कार्यक्रम भोलि दिउँसोको ३ बजे होटेल ट्रेडिस्नल कम्फर्ट,काठमाडौं (कृष्ण पाउरोटी अगाडि) राखिएको उहाँले जानकारी गराउनुभएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा