नेपालको भारतमाथी ऐतिहासिक विजय


३१ भदौ,काठमाडौं।
महिला साफ च्याम्पियनसिपमा भारतमाथि नेपालले ऐतिहासिक विजय हांसिल गरेको छ। घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोल अन्तरले हराएको हो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन् ।

५० औँ मिनेटमा अनिता जैँसीको उत्कृष्ट हेडरलाई भारतीय गोलरक्षकले गोल  लाइनबाट जम्प गर्दै क्लियर गरिदिएकी थिइन् । एक मिनेटलगत्तै रश्मि घिसिङको प्रहारलाई पनि भारतीय गोलरक्षकले विफल बनाएकी थिइन् । ६५ औँ मिनेटमा प्रिति राईले डी-बक्सबाट गरेको प्रहार साइड बारको नजिकैबाट बाहिरिएको थियो ।

८३ औँ मिनेटमा नेपालकी कप्तानसमेत रहेकी गोलरक्षक एन्जिला तुम्बाहाम्फे लिम्बुले शानदार बचाउ गर्दै नेपालको संकट टारेकी थिइन् । नेपालले साफ महिला च्याम्पियनसिपमा भारतलाई पहिलोपटक हराएको हो। नेपालले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा