३० भदौ ,काठमाडौं ।
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले आज आफ्नो स्थापनाको २७ वर्ष पुरा गरेर २८ वर्षमा प्रवेश गरेको छ।आजभन्दा २७ वर्ष अगाडी आजकै दिन जावलाखेलबाट सुरु गरिएको ईन्टरनेट सेवा विस्तार अभियान आज देशैभरी फैलिएको छ।
हिमाल,पहाड,तराई सम्पुर्ण क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गर्न सफल ईन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले टेलिफोन र मोबाइलको टावर नटिप्ने दुरराजको गाउंहरुमा समेत आफ्नो सेवा पुर्याउन सफल भएको छ।
देशभर ७ लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराएको वर्ल्डलिंक व्यवस्थापनले जनाएको छ।सबैभन्दा गुणस्तरीय सेवा पुर्याउंदै आएको वर्ल्डलिंक ईन्टरनेट सेवा प्रदायहरु मध्ये देशकै सबैभन्दा ठूलो कम्पनी हो।
सन् १९९७ देखी डायलप ईन्टरनेट सेवा बाट तिनजना संचालकहरु श्री दिलिप अग्रवाल,मनोज अग्रवाल र स्वर्गीय बिजय जालनले सुरु गर्नुभएको कम्पनीले आज देशभरी गरेर कुल ५५ सयलाई रोजगारी प्रदान गरिरहेको छ।
देशभरी गरेर ३० हजार स्थानमा निशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको वर्ल्डलिंकले सामाजिक क्षेत्रमा पनि आफ्नो महत्त्वपूर्ण योगदान पुर्याउंदै आएको छ।तराईमा ‘शिक्षा र चेतना मार्फत महिला सशक्तीकरण’ कार्यक्रम संचालन गरिरहेको वर्ल्डलिंकले,अनाथ आश्रमहरुमा पार्कहरुको निर्माण तथा व्यवस्थापन,ग्रामीण क्षेत्रका विद्यालयहरु लाई कम्प्युटर हस्तान्तरण देखि जनताका विभिन्न समस्या समाधान गर्ने कार्य गर्दै आएको छ।
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार